नेशनल लाईफ इन्स्योरेन्सको व्यापारिक भवन उद्घाटन « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

नेशनल लाईफ इन्स्योरेन्सको व्यापारिक भवन उद्घाटन



nesकाठमाडौं  । नेशनल लाईफ इन्स्योरेन्स कम्पनीको २९ औं वार्षिक उत्सवको अवसरमा बीमा समितिको अध्यक्ष प्रा. डा. फत्त बहादुर केसीले शनिबार कम्पनीको, लाजिम्पाटस्थित आधुनिक ब्यापारिक भवनको एक समारोह बीच समुद्घाटन गरेका छन् ।
बीमा समितिको पूर्व स्विकृती लिएर निर्माण गरिएको सो भवनको मूख्य भवनको लागत रु.२० करोड ६१ लाख रहेको छ । करीब १६,७२१ वर्ग फिटको दोहोरो वेसमेण्ट क्षेत्रफल थप ६ तल्ला को ३५,०३८ गरी जम्मा ८ तल्लाको सो भवनमा ५१,७५९ स्क्वायर फिट रहेको छ । बेसमेन्ट पार्किङमा करीब ७५ वटा सवारी साधन पार्किङ्ग गर्ने क्षमता सहितको सो भवन भुकम्प प्रतिरोधात्मक रुपमा निर्माण गरिएको हो । जसमा विशेष वाटर ट्रिटमेन्ट प्लान्ट जडान गरिएको छ भने २४ वै घण्टा पावर ब्याकअप को सुविधा र सेन्टरल एअर कन्डिसनको ब्यवस्था मिलाइएको छ ।


नेपालको जीवन बीमा बजारमा अन्तराष्ट्रिय स्तरका जीवन बीमालेखहरुको प्रवेश गराउदै आएको यस कम्पनीले जीवन बीमा कम्पनीहरुले स्थीर सम्पत्तिमा ब्यापक लगानी गर्ने परम्परा अनुसार सो भवन निर्माण गरिएको हो, सो भवन कम्पनीको इतिहासमा एक कोशे ढुङ्गा भएको कम्पनीले जनाएको छ ।

सो भवनको कम्पनीले आफुलाई आवश्यक नपर्ने तल्लाहरु दोस्रो पक्षलाई अतिरिक्त आयको लागि उपलब्ध गराएको छ र सोवाट प्रतिफलको हिसाबले पनि सो भवन निर्माण एक उत्कृष्ट लगानी भएको प्रमाणित भएको छ । सो भवन निर्माणवाट नेपालको जीवन बीमा क्षेत्रको विश्वसनियतामा बृद्धि भएको छ र यसवाट समग्रमा नेपालको जीवन बीमा क्षेत्रमा नै सकारात्मक प्रभाव पार्ने छ । कम्पनीले आफ्नो विभिन्न शाखाहरुमा रहेको जग्गामा कार्यालय प्रयोजनको लागि भवन निर्माण गर्न कम्पनी उत्साहित रहेको छ ।

विगत दश वर्षमा कम्पनीले उल्लेखनीय प्रगति गरेको र कम्पनीको चुक्ता पूंजी हाल रु.१ अरब र लगानी रु. १३ अरब नाघेको छ । कम्पनीले आफ्नो बीमालेखहरुमा आकर्षक वोनस दर प्रदान गर्दै आएको छ र लगानीकर्ताहरुलाई सन्तोषप्रद प्रतिफल प्रदान गर्न सफल भएको छ ।

प्रकाशित : ११ फाल्गुन २०७२, मंगलवार ०८:२०