कृषि विकास बैंकमा ३८४ जनाका लागि खुल्यो जागिर « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

कृषि विकास बैंकमा ३८४ जनाका लागि खुल्यो जागिर



काठमाडौं । कृषि विकास बैक लिमिटेडमा विभिन्न पदका लागि दरखास्त आव्हान गरिएको छ। बैंकका आर्थिक वर्ष २०७५/७६ को वार्षिक बजेट तथा कार्यक्रममा स्वीकृत कर्मचारी दरबन्दीमा रिक्त रहेको विभिन्न तहमा आवश्यक जनशक्ति पूर्ति गर्नुपर्ने भएकाले दरखास्त आव्हान हाे ।

बैंकले वरिष्ठ शाखा प्रमुखलेखि लेखापाल सम्म ३८४ जनाका लागि दरखास्त मागेको हो। माग अनुसार वरिष्ठ शाखा प्रमुख ८ जना , वरिष्ठ लेखा अधिकृत २२ जना र वरिष्ठ इन्जिनियर(आइटी २० जना रहेका छन्।

त्यस्तै व्यवसाय सहायक १०७ जना एमआईएस सहायक १३, सिभिल ओभरसियर ५ जना छन्। विभिन्न केन्दका लागि लेखापाल पनि माग गरेको छ। जस अनुसार विराटनगर केन्द्रका लागि ६७ जना लेखापाल, भैरहवा केन्द्रका लागि सय जना लेखापाल र सुर्खेत केन्द्रका लागि ४२ जना लेखापालको माग गरिएका छ। दरखास्त साउन २० गतेसम्म अनलाइबाटै भर्न सकिने पनि बैंकले भनेको छ।

प्रकाशित : ३१ असार २०७६, मंगलवार ०७:५५