व्यापारिक हिसाबले प्रम ओलीको भारत भ्रमण फलदायी « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

व्यापारिक हिसाबले प्रम ओलीको भारत भ्रमण फलदायी



काठमाडौं। व्यापारिक र पारवाहनका हिसाबले प्रधानमन्त्री केपी शर्मा ओलीको भ्रमण फलदायी भएको पूर्व अर्थमन्त्री शंकर प्रसाद कोइरालाले बताएका छन् । मिडिया इन्टरनेशनलमा आयोजित कार्यक्रममा बोल्दै उनले सो कुरा बताएका हुन् ।

उनले मुलुकको विशेष परिस्थतीमा राज्यका महत्वपूर्ण व्यक्तिले गरेको भ्रमण स्मरणयोग्य हुनुपर्ने भएपनि प्रधानमन्त्री ओली बिना एजेण्डा पछिल्लो समयमा चिसिएको सम्बन्ध सुधार्ने बाहेक अन्य धेरै योजना लिएर नगएको हुनाले धेरै आस गर्न नहुने धारणा राखे ।

त्यस्तै उनले प्रधानमन्त्रीको भ्रमण व्यापारिक र पारवहनका हिसाबले पलदायी रहेको उल्लेख गर्दै  लामो समयदेखि हल्दियाको विकल्पमा नेपालले खोजेको विशाखापटनम बन्दरगाह नेपालका लागि खुल्ला हुनु, काँकडभिट्टा बंगलाबन्ध कोरिडोर पारवहन सुविधा पनि ठूलो उपलब्धि भएको धारणा राखे । त्यस्तै क्रसबोर्डमा ट्रान्समिसन लाईनको निमार्णसँगै नेपालमा विद्युत आयातलाई पनि उपलब्धिकै रुपमा लिनुपर्ने बताए  त्यसै गरी विशाखापट्टनम–सिंहवाद रेगमार्ग नेपालले उपयोग गर्नेबारेमा दुई मुलुक सहमत भएको पनि सकारात्कम नै भएको उल्लेख गरे ।

कार्यक्रममा पूर्वराज्य मन्त्री खेवा लिम्बूले प्रधानमन्त्री ओलीको भ्रमण प्रचारमा आएजति र प्रमले नै भनेजस्तो फलदायी नभएको दाबी गरे । उनले १९५० देखिको सन्धिलाई हेर्दा पनि भारतको नेपालप्रतिको नियत सही नभएको भन्दै अहिलेको भ्रमणमा पनि त्यसमा कुनै परिवर्तन नआएको धारणा राखे । उनले केही बन्दरगाह  छुट र केही मेगावट बत्ती नेपाल पठाएपनि राजनीतिक रुपमा अझैपनि भारतीय शासक नेपाललाई आफ्नै नियन्त्रणमा राख्न खाजेको प्रष्ट देख्न सकिने बताए ।

उनले आर्थिक रुपमा आत्मनिर्भरको ढोका आफैं खाज्नुपर्ने भन्दै राज्यमन्त्री खेवाले छिमेकीले दिएको आश्वासनले देश नबन्ने बताए ।

त्यस्तै बरिष्ठ अर्थविद् डिल्लीराज खनालले पारवहन लगायतका केही विषयमा भारतले छुट र खुकुलो बन्ने जस्तो देखिएको भएपनि नेपालले विगतमा भोगेको जस्तो नाकाबन्दीको समस्याबाट छुटकरा पाउन आफैं आत्मनिर्भर बन्ने नीति राज्यले लिनुपर्ने बताए ।

उनले नेपालको व्यापारघाटा वर्षेनी चुलिंदै गएको भन्दै त्यसमा पनि भारतसँग करिब ७५ प्रतिशतको व्यापार हुनेहुँदा त्यसलाई क मगर्ने  र आयात निर्यातमा भारतसंगको एकाधिकार तोड्दै तेस्रो मुलुकसँग पनि व्यापारिक थालनी गर्नुपर्ने बताए ।

कार्यक्रममा नेपाल चेम्बर अफ कर्मसका पूर्व अध्यक्ष सुरेन्द्रविर मालाकारले प्रधानमन्त्रीको भ्रमण समग्रमा फलदायी रहेको भन्दै भ्रमण कति उपयोगि हुने भन्ने कुरा भारतको भोलिको व्यवहारले पुष्टि गर्ने बताए ।

प्रकाशित : १३ फाल्गुन २०७२, बिहीबार ०३:०४