‘अब हरेक टिभीमा युट्युब’ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

प्रविधी

‘अब हरेक टिभीमा युट्युब’



काठमाडौँ । ग्राहकको चाहानालाई ध्यानमा राख्दै इन्टरनेट र नेटवर्क सेवाप्रदायक कम्पनी वर्ल्ड लिंक कम्युनिकेशन लिमिटेडले ‘अब हरेक टिभीमा युट्युब’ नामक नयाँ प्रोडक्ट अफर ल्याएको छ ।

यस सेवाअन्तर्गत वर्ल्ड लिंकका नेट टिभीको प्रयोगकर्ताहरुले अब आफ्नो टिभीमार्फत नै साथीभाइ वा सपरिवारसँग युट्युबको भरपुर फाइदा प्राप्त गर्न सक्ने कम्पनीले जनाएको छ ।

यो सुविधा स्र्माट टिभीमा मात्र नभई नन स्मार्ट वा सि आर टी टिभीमा पनि उपलब्ध छ । हाल नेट टिभीले आफ्ना ग्राहकहरुका लागि ८० भन्दा बढी एचडी च्यानलहरुसँगै उत्कृष्ट तहको टिभीमा मनोरन्जनको अनुभव प्रदान गर्दै आइरहेको छ ।

अब नेटटिभी प्रयोगकर्ताहरुले नियमित टिभी च्यानल कन्टेन्ट मात्र नभई आपूmलाई मन पर्ने कन्टेन्टहरु कुनै बाधा एवं झन्झट बिना नै युट्युबमार्फत हेर्न सक्दछन् ।

यो सुविधा प्रयोगकर्ताहरुले युट्युब स्व्रिmनलाई आफ्नै स्मार्ट फोनबाट टिभीमा कास्ट गर्न सक्नेछन् साथै नेट टिभीले मोबाइल फोनहरुमा पनि रिमोट एप्लिकेशन उपलब्ध गराएकाले यो सेवा उपभोग गर्नको लागि एकदमै सजिलो हुने कम्पनीको दाबी छ ।

यो अफर नेपालभर रहेका वर्ल्ड लिंकका नयाँ तथा पुराना सम्पूर्ण ग्राहकहरुका लागि उपलब्ध छ ।

पुराना प्रयोगकर्ताहरुले नयाँ प्रिमियम सेटअप बक्स आफ्नो पुरानो नेट टिभी सेटअप बक्ससँग नजिकै रहेको वर्ल्ड लिंकको शाखा भ्रमण गरेर साटेर प्रिमियम सेवाको सुविधा पाउन सक्ने कम्पनीले बताएको छ ।

प्रकाशित : १२ श्रावण २०७६, आईतवार १४:५०