सफल व्यवसायी बन्ने हो अप्नाउनुस यस्ता टिप्स « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

टिप्स

सफल व्यवसायी बन्ने हो अप्नाउनुस यस्ता टिप्स



ब्यापार ब्यवसाय सुरुवात् गर्दै हुनुहुन्छ ? त्यसो हो भने वास्तुलाई ध्यानमा राखेर कामको सुरुवात् गर्दा फलदायी हुन्छ । कहिलेकाँही जति मेहेनत गर्दा पनि सोचे अनुसार फल प्राप्त हुन सकिरहेको हुँदैन । त्यसको मुख्य कारक वास्तु दोष पनि हुनसक्छ ।

आजकाल घर निमार्ण गर्दा होस् या अफिसको इन्टेरिय डिजाइन,डेकोरेसन गर्दा होस् वास्तुलाई निकै ध्यान दिने गरिन्छ । एक सफल ब्यवसायी बन्न वास्तुको तालमेल पनि निकै जरुरी हुने गरेको वास्तुविदहरु बताउँछन ।

घर अथवा अफिसको वास्तु दोष निवारण गर्न कुनै तोडफोडको आवश्यकता पर्दैन । केही वैज्ञानिक विधि अपनाएर वास्तु दोष मेटाउँदा भवनभित्रको वातावरण आकर्षक र वास्तुमैत्री बन्नसक्छ ।

भारतका चर्चित बास्तुशास्त्री खुशदिप बंशलका अनुसार मेटल, कलर, मिरर, पिरामिड, घरका चिजवस्तुहरु, पेन्टिङ, लाइटको प्रयोग सही दिशामा हुन जरुरी छ । हिजोआज मल्टिनेशन कम्पनीहरु समेत आफ्नो अफिसमा इन्टेरियर डिजाइनको बेला यस्ता कुरामा ध्यान दिन्छन् । बंशलको भनाईमा वास्तुशास्त्र एक प्रयोगात्मक विज्ञान हो र आफ्नो अफिसको वास्तुदोष मेटाउन कुनै पनि तोडफोड गरिरहन पर्दैन, केही सामान्य कुरामा ध्यान दिए पुग्छ । जस्तो पेन्टिङमा सामान्य परिवर्तन, चिजवस्तु राख्ने स्थानमा परिवर्तन, लाइट्स र स्कल्पचर्स भवनमा लगाएर हरेक किसिमको बास्तु दोष मेटाउन सकिन्छ । भवन, कार्यालय वा कम्पनी वा उद्योगको नक्सा बनाउने समयमै यी चिजहरुमा विशेष ध्यान बनाउन जरुरी हुन्छ ।

कन्स्ट्रक्सन उद्योगका लागि वास्तु टिप्स

-बिल्डिङको पश्चिम वा पूर्वी दिशामै आफ्नो साइट अफिस बनाउनुहोस् ।

-प्लान्टको उत्तर–दक्षिण दिशामा कच्चा पदार्थ राख्ने भूल नगर्नुहोस् ।

-कन्स्ट्रक्सनको सुरुवात सबैभन्दा पहिला प्लान्टको उत्तर दिशाबाट गर्नुहोस् ।

-विजिनेशमा राम्रो नेटवर्किङका लागि कार्यालयको दक्षिणी क्षेत्रमा दौडदै गरेको १२ घोडाको मूर्ति वा चित्र राख्नुहोस् ।

-कार्यालयको उत्तर वा दक्षिण दिशामा रातो हात्ती राख्दा तपाईको विजिनेशको प्रतिष्ठा चाँडो बढ्छ ।

-सेल्ससँग सम्बन्धित काम गर्नका लागि पूर्वमा पश्चिमतर्फ मुख फर्काएर बस्ने गर्नुहोस् ।

-मार्केटिङको मामलामा दक्षिण वा उत्तर दिशामा बस्नुहोस् ।

-उत्पादनसँग जोडिएका सबै काम सधैं दक्षिण वा पश्चिम दिशामा मात्र बसेर गर्नु हितकारी हुन्छ ।

-फाइनान्स वा व्यवस्थापनको काम सधैं पश्चिमतर्फ बसेर पूर्वतर्फ आफ्नो मुख फर्काई गर्नुपर्छ ।

-सेल्स डिपार्टमेन्टसँग सम्बद्ध मानिसहरु आफ्नो वर्क स्टेशन जहिले पनि पूर्व दिशामै बनाउनुहोस् र पहेंलो तथा खैरो रंग सधैं टाढा राख्नुहोस् ।पुर्वेली न्यूजबाट

प्रकाशित : १२ श्रावण २०७६, आईतवार १५:१२