सांग्रीला डेभलपमेन्ट बैंकले २०.८५ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

सांग्रीला डेभलपमेन्ट बैंकले २०.८५ प्रतिशत बोनस सेयर दिने



sangreela-agmकाठमाडौं । सांग्रीला डेभलपमेन्ट बैंक लिमिटेडले यो वर्ष चुक्ता पूँजीको २०.८५ प्रतिशत बोनस सेयर दिने भएको छ । बैंकको एघारौं वाषिर्क साधारणसभाले आर्थिक वर्ष ०७१/७२ को खुद मुनाफा मध्येबाट चुक्ता पूँजीको २०.८५ प्रतिशत बोनस दिने निर्णय पारित गरेको हो ।

यो सेयर एनआइबील क्यापिटल मार्केन्ट लिमिटेडबाट आफ्ना सेयरधनीलाई वितरण गरिने भएको छ । हकप्रद शेयर निष्काशन तथा बोनस शेयर वितरण पश्चात बैंकको चुक्ता पूँजी १ अर्व ७ करोड ३४ लाख ५६ हजार हुनेछ ।

बैंकका अध्यक्ष सुरेन्द्रबहादुर भारीजुको अध्यक्षतामा भएको साधारणसभाले बैंकको अधिकृत पूँजी २ अर्व ५० करोड रुपैयाँ पुर्‍याउने निर्णय गरेको छ ।

यस्तै चुक्ता पूँजीको समूहगत सेयर स्वामित्व संस्थापक सेयरधनीको ५१ प्रतिशत तथा सर्वसाधारण शेयरधनीको ४९ प्रतिशत कायम गर्ने गरी अनुपात परिवर्तन गर्ने निणर्य पनि भएको छ ।

बैंकले यो वर्षको दोस्रो त्रैमासिक अवधिमा ९ अर्व १३ करोड रुपैयाँ निक्षेप संकलन गरी ६ अर्ब ९१ करोड रुपैयाँ कर्जा प्रवाह गरिसकेको छ । समीक्षा अवधिमा बैंकले १४ करोड ७९ लाख रुपैयाँ सञ्चालन मुनाफा आर्जन गरेको छ ।

प्रकाशित : १५ फाल्गुन २०७२, शनिबार ०६:४१