एक वर्षमा आठजना कार्यालय प्रमुख फेरिए « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

एक वर्षमा आठजना कार्यालय प्रमुख फेरिए



Government-officeकाठमाडौं । छिटो छिटो कार्यालय प्रमुख फेरबदल हुँदा त्रिभुवन अन्तर्रा्ष्ट्रिय विमानस्थलस्थित अध्यागमन कार्यालयको कार्यसम्पादनमा प्रभाव परेको छ । पछिल्लो एक वर्षमा अध्यागमन कार्यालयमा आठजना कार्यालय प्रमुख फेरिएका छन् ।

गृह मन्त्रालयको संवेदनहीनताका कारण एक वर्षको अबधिमा अध्यागमन यति धेरै प्रमुखको फेरबदल भएको हो । जसका कारण गम्भीर प्रकृतिको कार्यभार रहेको अध्यागमन कार्यालय अस्थिर बन्न पुगेको छ । कार्यालय प्रमुखको अस्थिरताले कार्यालयको सुधारमा पनि समस्या देखिएको छ ।

गृहमन्त्रालयका प्रवक्ता यादवप्रसाद कोइरालाले अध्यागमनमा सहसचिवहरु जान नमान्ने प्रवृत्ति हाबी भएको स्वीकारे । अध्यागमन कार्यालयमा प्रमुखको रुपमा रहने सहसचिवको स्पष्ट जिम्मेवारी नभएकाले पनि समस्या रहेको कोइरालाले बताएको नयाँ पत्रिका दैनिकले लेखेको छ ।

प्रकाशित : १५ फाल्गुन २०७२, शनिबार ०६:५३