सेयर बजारको पुँजीगत लाभकर सम्बन्धी विवाद टुंगो लाग्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सेयर बजारको पुँजीगत लाभकर सम्बन्धी विवाद टुंगो लाग्यो



काठमाडौं । धितोपत्र बजारको पुँजीगत लाभकर सम्बन्धी विवाद टुंगो लागेको छ । अर्थ मन्त्रालयमा बुधबार बसेको सर्वपक्षीय बैठकले सहमति कायम गरेको हो ।

२०५८ देखि २०७६ असार मसान्तसम्मको सेयर कारोबारको औसत मूल्य निकाली यसैलाई लागत मूल्य कायम गर्ने सहमति भएको हो । यसअघि साउन ८ गते धितोपत्र बोर्ड, नेप्से, सीडीएसी, ब्रोकर र लगानीकर्ताका संगठनबीच यही विधिलाई आधार मान्ने निर्णय भएको थियो । अब २०५८ साल असार मसान्तदेखि २०७६ असार मसान्त अवधीको मूल्यबाट भारित औषत निकालेर पुँजीगत लाभकर गणना हुनेछ ।

अर्थ मन्त्रालयको संस्थान समन्वय महाशाखा प्रमुख तोयम रायको नेतृत्वमा भएको छलफलमा वित्तिय आन्तरिक राजश्व विभागका उप महानिर्देशक यज्ञ ढुंगेल र अधिकृत चण्डी घिमिरेको सहभागीता रहेको थियो । लगानीकर्ताका तर्फबाट नेपाल इन्भेष्टर्स फोरम, सेयर लगानीकर्ता संघ र नेपाल पुँजीबजार लगानीकर्ता संघ, सेयर लगानीकर्ता दबाव समुह र नेपाल पुँजी बजार संघका प्रतिनिधीको सहभागीता रहेको थियो ।

प्रकाशित : १५ श्रावण २०७६, बुधबार १३:०८