उपनिर्वाचनकालागि तात्यो निर्वाचन आयोग « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

उपनिर्वाचनकालागि तात्यो निर्वाचन आयोग



काठमाडौं । निर्वाचन आयोगले प्रतिनिधिसभा, प्रदेशसभा र स्थानीय तहमा रिक्त स्थानमा उपनिर्वाचनबारे छलफल गर्न सर्वदलीय बैठक आह्वान गरेको छ ।

बिहीबार बिहान साढे ११ बजे कान्तिपथस्थित आयोगको सभाकक्षमा बस्ने बैठकमा राष्ट्रिय दलसहित स्थानीय तहमा प्रतिनिधित्व गर्ने १८ दललाई बोलाइएको छ ।
प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाका अनुसार दलहरूसँगको छलफलपछि सरकारलाई उपनिर्वाचनको मिति सिफारिस गर्न लागिएको हो ।

राजनीतिक पार्टीहरूसँग परामर्श गरेर दुई–तीन दिनभित्र उपनिर्वाचनको मिति सिफारिस गरिने आयुक्त थपलियाले बताउनुभयो ।

आयोगसँगको परामर्शमा सरकारले उपनिर्वाचनको मिति घोषणा गर्ने कानूनी व्यवस्था छ ।

आयोगले विभिन्न कारणले रित्त हुने पुगेका ४७ स्थानमा उपनिर्वाचन गर्न लागेको हो । आयोगका प्रवक्ता शंकरप्रसाद खरेलका अनुसार प्रतिनिधिसभामा एक, प्रदेशसभामा तीन, स्थानीय तहमा प्रमुख चार र उपप्रमुखमा एक स्थान जनप्रतिनिधिविहीन छ । ३८ वडामा पनि जनप्रतिनिधि छैनन् ।

प्रकाशित : १६ श्रावण २०७६, बिहीबार १४:१३