बैदेशिक रोजगारीमा जाने युवाको संख्या ४२ प्रतिशतले घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

बैदेशिक रोजगारीमा जाने युवाको संख्या ४२ प्रतिशतले घट्यो



europe-jadai-nepali-mahila-445x300काठमाडौं । बिनाशकारी भूकम्पका कारण बैशाख महिनामा बैदेशिक रोजगारीमा जाने युवाको संख्या ४२ प्रतिशतले घटेको छ । चैत्र महिनामा बाहिरिनको संख्या ५४ हजार १ सय ७३ रहेपनि बैशाख महिनामा विदेश जाने कामदारको संख्या ३१ हजार ३ सय २५ मा सिमित रहेको बैदेशिक रोजगार विभागले जनाएको छ ।

सबै देशमा रोजगारका लागि जाने युवाको संख्या घट्दा समग्रमा पनि प्रभाव परेको हो । भूकम्पका कारण देशको असामान्य स्थितिका कारण विदेश जाने युवाको संख्या घट्नु समान्य भएको विभागले जनाएको छ ।

चालू आर्थिक वर्षको बैशाखमा मलेसिया र खाडी मुलुक कतार रोज्ने बराबर देखिएका छन् । बैशाखमा मलेसियाका लागि अन्तिम श्रम स्वीकृति लिएका श्रमिकको संख्या ८ हजार ८ सय ४७ छ भने कतारमा ८ हजार १ सय ३० जना गएका छन ।

यसअघि चैतमा १९ हजार ३ सय १७ जना मलेसिया र १३ हजार ४ सय २८ जना कतार गएका थिए । त्यस्तै चैतमा साउदी जानेको संख्या १० हजार ९ सय ८१ भएपनि बैशाखमा घटेर ७ हजार ४ सय १२ मा झरेको छ ।

त्यस्तै चैतमा युएइ जाने श्रमिक ५ हजार २ सय ३३ थिए भने बैशाखमा ३ हजार ७ सय ९२ मात्रै छन् । त्यसैगरी बैशाखमा दक्षिण कोरिया जानेको संख्या १ हजार १ सय ९५ छ ।

प्रकाशित : ११ जेष्ठ २०७२, सोमबार १२:०६