इतिहास रच्दै सुनको मूल्य « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

इतिहास रच्दै सुनको मूल्य



काठमाडौँ । सुन इतिहासकै उच्च मूल्यमा पुगेको छ । शुक्रबार सुन प्रतितोला ६५ हजार ८ सय पुगेको हो ।

सुनले यसअघि बनाएको नयाँ रेकर्ड तोड्दै अघि बढेको छ । यसअघि सुन प्रतितोला ६५ हजार ५ सयमा पुगेर महँगोमा नयाँ रेकर्ड बनाएको थियो।

त्यो रेकर्डलाई तोड्दै शुक्रबार प्रतितोला सुन ६५ हजार ८ सय पुगेको नेपाल सुनचाँदी व्यवसायी महासंघले जनाएको छ ।

हिजो विहीबार सुन प्रतितोला ६५ हजारमा कारोबार भएको थियो । यसरी हेर्दा सुन एकैदिन ८ सयले बढेको छ ।

प्रकाशित : १७ श्रावण २०७६, शुक्रबार १८:३८