३३ किलो सुन तस्करी प्रकरणः को को जाकिए खोरमा ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बीमा

३३ किलो सुन तस्करी प्रकरणः को को जाकिए खोरमा ?



काठमाडौ । ३३ किलो सुन तस्करी प्रकरण तथा सनम शाक्य प्रकरणका अभयिुक्तलाई जिल्ला अदालत मोरङ तथा उच्च अदालत मोरङले गरेका फैसलालाई एकजना बाहेक अन्यको हकमा सर्वोच्च अदालतले पनि सदर गरेको छ । सो प्रकरणमा मुछिएका २९ जना मध्ये व्यवसायी महाविर प्रसाद गोल्यानमात्र धरौटीमा छोड्ने आदेश सर्वोच्चले गरेको हो । शुक्रबार सर्वोच्चका न्यायधिशहरु अनिलकुमार सिन्हा र शुष्मालाल माथेमाको सँयुक्त इजलासले अघिल्ला अदालतहरुको निर्णय नै सदर गर्ने निर्णय गरेको हो।

सर्वोच्चले व्यवसायी गोल्यानलाई १० लाख रुपैयाँ धरौटीमा छोड्न आदेश दिएको छ। गोल्यानलाई यसघि पुर्पक्षका लागि थुनामा राख्न आदेश दिइएको थियो ।

निलम्बित डिएसपी सञ्जय राउत, महाविर प्रसाद गोल्याल, तुलाराम थारु, रामकुमार तिवारी, पूर्वडिआइजी गोविन्द प्रसाद निरौला, हेमन्त गौतम, विमल पोद्धार, राजेन्द्र कुमार शाक्य, भुजुङ गुरुङ् लगायत २९ जनाले सर्वोच्च अदालतमा पुनरावेदन गरेका थिए। उनीहरुमाथि तस्करी थथा कर्तव्य व्यान मुद्दा लगाइएको थियो ।

सुन प्रकरण र सनम शाक्य प्रकरणमा न्यायपरिषदले तीन न्यायाधीशलाई कारबाही प्रक्रिया अघि बढाउन स्पष्टीकरण सोध्ने निर्णय गरेको थियो। परिषद्ले न्यायाधीश साधुराम सापकोटा, थीरबहादुर कार्की र उमेश सिंहलाई स्पष्टीकरण सोधेको थियो।

विराटनगरका तत्कालीन मुख्य न्यायाधीश डाक्टर कलुरत्न भुर्तेल, साराङ्गा सुवेदी र जनक पाण्डेलाई सामान्य ध्यानआकर्षण गराइएको थियो। उच्च अदालत मोरङको निर्णय अनुसार सुन प्रकरणमा मुछिएका एसएसपी दिवेश लोहन, डिएसपी प्रजित केसी, सइ बालकृष्ण सञ्जेल लगायत साधरण तारिखका छुटेका थिए।

प्रकाशित : १७ श्रावण २०७६, शुक्रबार १९:०७