प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बीमा

प्रधानमन्त्री ओली स्वास्थ्य परीक्षणका लागि आज सिंगापुर जाने



काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओली स्वास्थ्य परीक्षणका लागि आज (शनिबार) सिंगापुर जाने भएका छन्। प्रधानमन्त्री ओली आज साँझ ९ः४५ बजे सिल्क एयरको हवाईजहाजबाट ९ सदस्यीय टोलिका साथ सिंगापुर जान लागेका हुन् ।

प्रधानमन्त्री ओली स्वास्थ्यमा थप समस्या देखिएपछि परीक्षणका लागि निजी चिकित्सक प्रा.डा. दिव्यासिंह शाहसहित पत्नी राधिका शाक्य, चिकित्सक, सुरक्षा गार्ड र सहयोगीसहित सिंगापुर जान लागेका हुन् ।

ओलीको सिंगापुरस्थित ‘नेसनल युनिभर्सिटी हस्पिटल’ (एनयूएच) मा स्वास्थ्य परिक्षण हुनेछ । यसअघि गत साता ओलीले सैनिक अस्पताल छाउनीमा स्वास्थ्य परीक्षण गराएका थिए ।

प्रकाशित : १८ श्रावण २०७६, शनिबार ०८:३९