सुनको भाउले बनायो नयाँ रेकर्ड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सुनको भाउले बनायो नयाँ रेकर्ड



सुनको भाउले नयाँ रेकर्ड बनाउने क्रम जारी छ । यसैक्रममा स्थानीय बजारमा आज पुन सुन तोलाको ५ सय रुपैयाँले बढेका छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुन तोलाको ६६ हजार ३ सय रुपैयाँमा कारोबार भइरहेको छ।

त्यस्तै तेजावी सुन ६६ हजार रुपैयाँमा र चाँदी तोलाको सात सय ७५ रुपैयाँमा कारोबार भइरहेको छ ।

अन्तर्राष्ट्रिय बजारमा भाउ चुलिएसँगै नेपाली बजारमा पनि त्यसको प्रत्यक्ष प्रभाव परेको हो । व्यवसायीहरुका अनुसार अमेरिका र चीनको व्यापारिक युद्धका कारण पनि सुन सञ्चय गर्ने क्रम बढेको हो । महासंघका पूर्वअध्यक्ष मणिरत्न शाक्यले अमेरिका र चीनबीचको व्यापार टकरावले सुनको भाउ बृद्धिमा ठुलो प्रभाव पारेको बताए ।

प्रकाशित : १९ श्रावण २०७६, आईतवार १४:१४