गति लिन सकेन सेयर बजारले « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

गति लिन सकेन सेयर बजारले



काठमाडौं । साताको पहिलो दिन सेयर बजारमा गिरावट आएको छ । लगानीकर्ता संघहरु र अर्थमन्त्रीबीच भएको सहमति पश्चात बजार उल्लेखनीय रुपमा बढ्ने आशा गरिएपनि ठिक त्यसको विपरित बजारमा भने गिरावट आएको छ । आईतबार बजार खुलेदेखि नै ओरालो लागेको नेप्से परिसुचक अन्तमा ४ दशमलव २० अंकले घट्न पुगेको छ । घट्दो बजारमा कारोबार रकमले पनि गति लिन सकेको छैन ।

बजारमा सबैभन्दा बढि निर्जिवन बीमा समुहको परिसुचक २३ अंकले घट्दा उत्पादनमुलक समुहको परिसुचकमा २० अंकको गिरावट आएको छ । केही समय अघिसम्म दैनिक जसो उच्च रुपमा बढेको उत्पादनमुलक समुहको परिसुचकमा पछिल्लो समय गिरावट आएको हो ।

घट्दो बजारमा माइक्रोफाइनान्स र र फाइनान्स बाहेक सबै समुहका परिसुचक भने सामान्य बढेका छन् । बजारमा दिनभर संस्थापक समुहको सेयर खरिदबिक्री समेत गर्दा कुल ४७ करोड रुपैयाँको सेयर कारोबार भएको छ । कुल १ सय ६९ कम्पनीको १४ लाख ६७ हजार कित्ता सेयर खरिदबिक्री भएको छ । जसमा नेपाल बैंकको ५ करोड रुपैयाँभन्दा बढिको सेयर कारोबार भएको छ ।

प्रकाशित : १९ श्रावण २०७६, आईतवार १५:२९