तपाईको बच्चाले मोबाइल चलाउछ ? साबधान खतरा सुरु भयो



तपाईंका बालबालिका मोबाइलमा गेम खेल्ने, टिकटक बनाउने या भिडियो हेर्ने गर्छन् ? यस्तो धेरै मात्रामा गरे उनीहरूलाई मानसिक रोग ‘गेमिङ डिसअर्डर’को समस्या हुनसक्छ । अहिले धेरैजसो बालबच्चा ‘गेमिङ डिसअर्डर’को सिकार हुँदै गएको मनोविज्ञहरूको भनाइ छ ।

मोबाइल गेममा बच्चाहरू लिप्त हुँदै जाँदा उनीहरू त्यहाँबाट बाहिर आउनै चाहँदैनन् । यही कारण गेमिङ डिसअर्डरलाई अहिले विश्व स्वास्थ्य सङ्गठनले मानसिक रोगको श्रेणीमा राखेको मानसिक रोग विशेषज्ञ डा. प्रवास अधिकारीको भनाइ छ ।

उनले भने, “जब बच्चाहरूमा यस्तो समस्या आउन थाल्छ, उनीहरू निदाउन छाड्छन् । शारीरिक गतिविधिमा सक्रिय हुँदैनन् । खानपान अनियमित हुन थाल्छ । उनीहरू पारिवारिक र सामाजिक जीवनबाट भाग्न खोज्छन् ।” यो अवस्थामा पुग्दा बालबालिका हिंस्रक र आक्रामक हुने बताउँदै उनले एकान्तमा मात्र बस्न रुचाउने, सधैँ उदास रहनेजस्ता समस्या देखिए अभिभावकले बेलैमा ध्यान दिन सुझाव दिए ।

बालबालिका उदास हुने, खान मन नगर्ने तथा मोबाइल धेरै हेर्ने समस्या लिएर धेरै अभिभावक आफूकहाँ आउने गरेको उनले जानकारी दिए । उनले थपे, “बच्चा फकाउन के गर्नुहुन्छ भन्दा सबैजसो अभिभावकले एउटै जवाफ दिन्छन्– मोबाइल खेलाउने । अर्थात् मोबाइलमा भिडियो हेर्ने वा गेम खेल्ने । अधिकांश अभिभावकको साझा समस्या हो यो । ” यो समाचार आजको गोरखापत्रमा छ ।

प्रतिक्रिया दिनुहोस
एप्समार्फत ट्याक्सी चढ्नुस् रकम फिर्ता पाउनुस्

काठमाडौं । नेपालमा ट्याक्सीको सबैभन्दा ठूलो नेटवर्क भएको ईजी ट्याक्सी नेपालले गाईजात्राको अवसर

एफवान सफ्ट शैक्षिक क्षेत्रमा पनि लगानी विस्तार गर्दै, भक्तपुरको स्वस्तिक कलेजबाट दक्ष जनशक्ति उत्पादनसँगै रोजगारी प्रदान गर्ने

काठमाडौं । सफ्टवेयरको क्षेत्रमा अन्तर्राष्ट्रिय स्तरमा ख्याती कमाएको आइटी कम्पनी एफवान सफ्ट इन्टरनेशनलले

एम्प्लिफाई प्लस ब्राण्डका टिभी नेपाली बजारमा, अन्तर्राष्ट्रिय स्तरका टिभीमा तीन वर्षको वारेन्टी

काठमाडौ । नेपालका लागि एम्प्लिफाई प्लस ब्राण्डको एक मात्र आधिकारिक वितरक ई.थ्री इलेक्ट्रोनिक्स

मिर्गौलाका घातक रोग केही मिनटमै पत्ता लगाउन सक्ने एप सार्वजनिक

बीबीसी । मोबाइल फोनमा हुने एउटा एप मानिसमा घातक सिद्ध हुन सक्ने मिर्गौला