ग्लोबल आईएमई लघुवित्त हकप्रद बिक्रि खुल्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

शेयर बजार

ग्लोबल आईएमई लघुवित्त हकप्रद बिक्रि खुल्यो



ग्लोबल आईएमई लघुवित्तले आज साउन २१ गतेदेखि हकप्रद बिक्रि खुला गरेको छ । कम्पनीले १:१ को अनुपातमा शत प्रतिशतको दरले ११ करोड ४ लाख ५७ हजार ५ सय बराबरको ११ लाख ४ हजार ५७ हजार ५ सय कित्ता हकप्रद शेयर निष्काशन गरेको हो । कम्पनीले शेयर निष्काशनको लागि लक्ष्मी क्यापिटललाई बिक्रि प्रबन्धक नियुक्त गरेको छ ।

कम्पनीले हकप्रद निष्काशनको लागि साउन १ गते बुक क्लोज गर्ने निर्णय गरेको छ । यस हिसाबमा असार ३१ गतेसम्म कायम शेयरधनीले मात्र हकप्रद भर्न सक्ने छन् । हकप्रद भर्ने म्याद साउन २३ गतेसम्म रहेको छ ।

हाल कम्पनीको चुक्ता पुंजी ११ करोड ४ लाख रहेकोमा शतप्रतिशत हकप्रद पश्चात कम्पनीको पुंजी २२ करोड ८ लाख पुग्ने छ ।

प्रकाशित : २१ श्रावण २०७६, मंगलवार ०८:१४