सुन प्रतितोला ७० हजार रुपैयाँ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सुन प्रतितोला ७० हजार रुपैयाँ



काठमाडौँ । सुनको मूल्य लगातार उकालो लागेको छ । बिहीबार सुन प्रतितोला ७० हजार रुपैयाँ पुगेको छ । यो अहिलेसम्मकै सबैभन्दा उच्च मूल्य हो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले बिहीबारका लागि छापावाला सुनको मूल्य अहिलेसम्मकै सबैभन्दा बढी भएको जनाएको छ । अघिल्लो शुक्रबारदेखि उकालो लागेको सुनको मूल्यले त्यसपछि हरेक दिन बढिरहेको छ ।

आइतबार प्रतितोला ६६ हजार ८ सयमा कारोबार भएको थियो भने अर्को दिन ५ सय बढ्यो । मंगलबार १५ सयले बढेर प्रतितोला ६८ हजार ८ सयमा कारोबार भयो ।

बुधबार ६९ हजार ५ सयमा कारोबार भएको सुन बिहीबार ७० हजार पुगेको हो । अहिले नेपाली बजारमा सुनको मूल्यले रेकर्ड कायम गर्दा अन्तर्राष्ट्रिय बजारमा भने प्रतिऔंस १५ सयको डलरको हाराहारीमा छ ।

अमेरिका र चीनको व्यापार युद्ध र अमेरिकाको केन्द्रीय बैंकले ब्याजदर घटाउनुलाई नै अहिले सुनको मूल्य बढ्नुको प्रमुख कारण मानिएको छ ।

महासंघका अनुसार सुनको मूल्य ह्वात्तै बढ्नुमा अमेरिकी फेडेरल रिजर्भ बैंकले ब्याजदर घटाउनुसँग जोडिएको छ ।

महासंघका अनुसार गत साता अमेरिकी बैंकले आफ्ना ग्राहकलाई दिँदै आएको ब्याजदर ०.२५ प्रतिशतले घटाएको थियो । ब्याजदर घटेसँगै लगानीकर्ता सुनमा आकर्षित हुँदा मूल्य बढ्न गएको हो ।

विश्वबजारमा सुनको मूल्यलाई अमेरिका र इरानबीच उत्पन्न भएको तनावले पनि असर गरिरहेको छ । शक्तिशाली राष्ट्रबीच व्यापारिक तनाव उत्पन्न हुँदा स्थानीय बजारमा सुनको भाउ उच्चविन्दुमा पुग्ने गरेको छ ।

प्रकाशित : २३ श्रावण २०७६, बिहीबार १४:३०