पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम पक्राउ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

पाकिस्तानी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी मरियम पक्राउ



पाकिस्तानमा भ्रष्टाचार नियन्त्रणसम्बन्धी निकाय न्याश्नल अकाउन्टबिलिटी ब्यूरो एनएबीले पाकिस्तान मुस्लिम लिग नवाजकी उपाध्यक्ष मरियम नवाज शरिफलाई पक्राउ गरेको छ।

उनी पूर्वप्रधानमन्त्री नवाज शरिफकी छोरी हुन्। एउटा चिनी उद्योगसम्बन्धी मुद्दामा मरियमलाई पक्राउ गरिएको हो।

भ्रष्टाचार गरेको आरोप पुष्टि भएपछि जेलजीवन बिताइरहेका आफ्ना बुवा नवाजलाई भेट्न गएको बेला मरियमलाई पक्राउ गरिएको हो।

एनएबीले बिहीवार दिउँसो तीन बजेसम्म उपस्थित हुन मरियमलाई भनेको थियो।
लेनदेन
मरियमलाई एउटा प्रश्नावली दिइएको थियो र त्यसमा चौधरी सुगर मिलसँग सम्बन्धित प्रश्नहरू थिए।

ती सबै प्रश्नको जवाफ उनले बिहीवार तीन बजेसम्म दिनुपर्ने थियो। पाकिस्तानी सञ्चारमाध्यमहरूका अनुसार मरियमलाई एनएबीको मुख्यालय लगिएको छ।

यसअघि नै एनएबीले मरियमलाई उपस्थित हुन पक्राउ पुर्जी जारी गरेको थियो।

त्यसअघि जुलाई ३१ तारिखमा उपस्थित भई उनले बयान दिएकी थिइन्।

चौधरी सुगर मिलमा सन्दिग्ध व्यापारिक लेनदेनबारे उक्त बयान केन्द्रित थियो।

चौधरी सुगर मिलमा मरियमको सबैभन्दा धेरै शेयर छ। बिबिसीबाट, तस्वीर कपीराइट@MARYAMNSHARIF

प्रकाशित : २३ श्रावण २०७६, बिहीबार १७:५१