मेयर–उपमेयरबीच कतै हानाहान,कतै बोलचालै ठप्प « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

मेयर–उपमेयरबीच कतै हानाहान,कतै बोलचालै ठप्प



मध्यपुर थिमि नगरपालिका मेयर मदन सुन्दर श्रेष्ठ र उपमेयर अञ्जनादेवी मधिकर्मीबीच एक वर्षदेखि बोलचाल बन्द छ । सोही कारण नगरपरिषद् बस्न सकेको छैन ।


आइतबार नगरपरिषद्को बैठक बोलाइएको भए पनि उपमेयर मधीकर्मी सहित नेपाली कांग्रेसबाट निर्वाचित १ र २ वडाअध्यक्षले बहिस्कार गरे ।

रौतहट कटरिया नगरपालिकामा मेयर र उपमेयरको विवाद योभन्दा ठूलो छ । यो विवाद उच्च अदालत वीरगन्जमा समेत पुग्यो । उपमेयर नुरजाह खातुनले मेयरबाट आफूमाथि ज्याजति भएको आरोप लगाएकी छिन् ।

रौतहटको गरुडा नगरपालिका प्रमुख प्रशासकीय अधिकृत टेकराज पन्थी मेयर र उपमेयरबीचको विवाद कटहरिया मात्र नभई ठाउँठाउँमा उत्कर्षमा पुगेको बताउँछन् ।

म्याग्दीको बेनी नगरपालिका मेयर र उपमेयरबीचको झगडा पनि उत्कर्षमा पुगेको छ । यो समाचार आजको नागरिक दैनिकमा छापिएको हो ।

प्रकाशित : २४ श्रावण २०७६, शुक्रबार ०७:५८