शिवम सिमेट्सबाट प्रमुख कार्यकारी अधिकृत देवकोटा आउट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

शिवम सिमेट्सबाट प्रमुख कार्यकारी अधिकृत देवकोटा आउट



शिवम सिमेंट्सका प्रमुख कार्यकारी अधिकृत सजन देवकोटाले पदबाट राजिनामा दिएका छन् । देवकोटाले व्यक्तिगत कारण देखाउदै पदबाट राजिनामा दिएका हुन् ।

देवकोटाले साउन २१ गते दिएको राजिनामा कम्पनीको आज शुक्रबार बसेको संचालक समितिको बैठकले स्वीकृत गरेको कम्पनी सचिवले लेखनाथ अर्यालले जानकारी दिए ।

साथै बैठकले हाललाई उक्त जिम्मेवारी कम्पनीका कार्यकारी संचालक रघुनंन्दन मारुलाई दिएको छ ।

प्रकाशित : २४ श्रावण २०७६, शुक्रबार १४:५२