गाडी किन्दा रिलायन्सले ७० प्रतिशतसम्म कर्जा दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

गाडी किन्दा रिलायन्सले ७० प्रतिशतसम्म कर्जा दिने



काठमाडौं । आइएमई ग्रुप अन्तर्गत संचालित आइएमई मोटर्स द्वारा प्रवद्र्धित अशोक लेलैण्ड र रिलायन्स फाइनान्स बीच सम्झौता भएको छ । शुक्रबार एक कार्यक्रमका बीच कम्पनी र फाईनान्सबीच उक्त सम्झौता सम्बन्धी सम्झौतापत्रमा हस्ताक्षर भएको हो ।

सम्झौतामा फाइनान्सको तर्फबाट प्रमुख कार्यकारी अधिकृत अनिल श्रेष्ठ र आइएमई मोटर्सको तर्फबाट भाइस प्रेसिडेन्ट इमरान ए खानले हस्ताक्षर गरेका हुन । उक्त सम्झौता अनुरुप आइएमई मोटर्सबाट सिफारिस पाएका ग्राहकहरुले सहज रुपमा ७० प्रतिशत सम्मको कर्जा सुविधा रिलायन्स फाइनान्स लिमिटेडबाट पाउने भएका छन ।

यसै अनुरुप ग्राहकहरुले अशोक लेलैण्डको विभिन्न प्रकारका सवारी साधनहरुमा कर्जा सुविधा प्राप्त गर्ने भएका छन् । यो सुविधाले आगामी दिनमा ग्राहकहरुलाई कर्जा सुविधा प्राप्त गर्न निकै सजिलो हुने दुबै कम्पनीका प्रमुखहरुले बताएका छन ।

प्रकाशित : २५ श्रावण २०७६, शनिबार ०८:५०