४ करोड रुपैयाँ बराबरको आइपिओ आउदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

४ करोड रुपैयाँ बराबरको आइपिओ आउदै



गैरआवासीय नेपालीहरुद्धारा प्रवद्र्धित एनआरएन इन्फास्ट्रक्चर एण्ड डेभलपमेन्ट लिमिटेडले सर्वसाधारणको लागि साधारण शेयर (आइपिओ) निष्काशन गर्ने भएको छ । कम्पनीले करिब ३४ करोड रुपैयाँ बराबरको आइपिओ निष्काशनको माग गर्दै नेपाल धितोपत्र बोर्डमा आवेदन दिएको छ ।

कम्पनीले गत असार ३१ गते १ सय रुपैयाँ अंकित मुल्यमा ३३ करोड ९८ लाख ४ हजार ६०० रुपैयाँ बराबरकोे ३३ लाख ९८ हजार ४६ कित्ता शेयर निष्काशनको लागि बोर्डसँग अनुमति मागेको हो ।

कम्पनीले जलविद्युत कम्पनीहरु लगायत ठुला विकास आयोजनामा लगानी गर्नेछ । जीवनाथ लामिछाने अध्यक्ष रहेको कम्पनीमा शेष घले, कृष्ण प्रसाद पाण्डे, बालकृष्ण गुरुङ्ग, महेश कुमार श्रेष्ठ र रामेश्वर शाह सञ्चालक रहेका छन् ।

काठमाडौंमा केन्द्रीय कार्यालय रहेको कम्पनीले हाल १४.३ मेगावटको मथिल्लो मैलुङ खोला हाइड्रोपावर, २७ मेगावटको हिमालयन पावर पार्टनर, ५४ मेगावटको मध्य तमोर हाइड्रोपावर र २८.१ मेगावटको स्विट गंगा हाइड्रोपावर एन्ड कन्स्ट्रक्सन जलविद्युत परियोजनाहरुमा लगानी गरेको छ । कम्पनीले आईपीओको बिक्री प्रबन्धकमा सानिमा क्यापिटलाई नियुक्त गरेको छ ।

प्रकाशित : २६ श्रावण २०७६, आईतवार ०८:१५