ग्लाेेेेबल बैककाे कान्तिपथ शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

ग्लाेेेेबल बैककाे कान्तिपथ शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु



काठमाडौं । ग्लोबल आइएमई बैंकले आइतबारदेखि बैंकको कान्तिपथस्थित शाखाबाट दैनिक १२ घण्टा सेवा सुचारु गरेको छ । आइतबारदेखि बैंकको कान्तिपथ शाखा बिहान ८ बजेदेखि बेलुका ८ बजेसम्म खुल्ला रहने छ । बैंकले सरकारी तथा अन्य कार्यालयमा कार्यरत कर्मचारी, व्यापारी र तथा अन्य वर्गको व्यस्ततालाई लक्षित गर्दै साविकको कार्यालय समय अघि र पछि पनि बैंकिङ सेवा उपलब्ध गराउने हेतुले यो सेवा सञ्चालनमा ल्याएको हो ।  


यो सेवा शनिबार र अन्य बिदाको दिन बाहेक हप्तामा ६ दिन नै खुल्ला रहने बैंकले जनाएको छ । शनिबार तथा अन्य बिदाको दिनमा बैंकले बिहान १० बजेदेखि १ बजेसम्म होलिडे काउन्टर सेवा सञ्चालन गर्दै आएको छ । 

प्रकाशित : २६ श्रावण २०७६, आईतवार १७:१०