दूधको मूल्य भदौ १ गतेदेखि लागू हुने गरी बढ्ने



दूधको मूल्य भदौ १ गतेदेखि लागू हुने गरी बढ्ने भएको छ । कृषि तथा पशुपंक्षी विकास मन्त्रालयले किसान र उद्योगीको मागअनुरुप तीन वर्षपछि दूधको मूल्य बढाउने प्रक्रिया सुरु गरेको हो ।


दूधको उत्पादन लगातार बढेको भन्दै केन्द्रीय दुग्ध सहकारी संघले मूल्य नबढाए भदौ पहिलो सातादेखि देशव्यापी आन्दोलनको घोषणा गरेको छ भने दुग्ध उद्योगीहरुको संस्था नेपाल डेरी एसोसिएसन र डेरी उद्योग संघले पनि मूल्य बढाउन माग गर्दै आएको छ ।


हाल तीन प्रतिशत चिल्लो पद्धार्थ र ८ प्रतिशत ठोस रहेको दूधको बजार मूल्य ७० रुपैयाँ प्रतिलिटर रहेको छ । प्रतिलिटर कति रुपैयाँ बढाउने भन्ने निर्णय भइसकेको छैन ।

मूल्यवृद्धिको विगतको अभ्यास हेर्दा यो वर्ष प्रतिलिटर ६ देखि ८ रुपैयाँसम्म मूल्य बढ्न सक्ने आँकलन गरिएको छ । यो समाचार आजको कारोबार दैनिकमा छापिएको छ ।

प्रतिक्रिया दिनुहोस
अर्थमन्त्री डा.युवराज खतिवडाको म्याद सकिदै

काठमाडौं । अर्थमन्त्री डा.युवराज खतिवडासहित राष्ट्रियसभाका १९ सदस्यहरुको म्याद अबको तीन महिनामा सकिँदैछ

एनआईसी एशिया बैंकका ग्राहकलाई द्वारिकाज ग्रुपको रेष्टुरेण्टमा विशेष छुट

काठमाडौँ । एनआईसी एशिया बैंक लिमिटेड र द्वारिकाज होटल प्रालि बत्तिसपुतलीबीच एनआईसी एशिया

प्रभु बैँक र गोर्खा सत्याग्रह समितिबीच प्रभु स्पेशल सेभिङ्ग खाता सञ्चालन सम्झौता

काठमाडौँ । ललितपुरको ललिपतुर महानगरपालिका वडा नं. १४ मानभवनस्थित गोर्खा सत्याग्रह समिति नेपाल

महालक्ष्मी विकास बैंकको सानो भर्याङ्मा नयाँ शाखा

काठमाडौं । महालक्ष्मी विकास बैंकले आफ्नो सेवा देशभर विस्तार गर्दै लैजाने क्रममा काठमाडौं