सानिमा ग्रुपले होटल अकामा सञ्चालनमा



काठमाडौं । सानिमा ग्रुपले होटल अकामा सञ्चालनमा ल्याएको छ। काठमाडौंको धुम्बाराहीमा रहेको अकामा होटल नेपाल भ्रमण वर्ष २०२० को गन्तव्य वर्ष सफल पार्ने उद्देश्यका साथ यसै वर्ष सञ्चालनमा ल्याएको अकामा होटलका प्रवन्धक निर्देशक विनय कुमार श्रेष्ठले बताए।

उनका अनुसार होटलमा विश्वस्तरीय आधुनिक र हिमाली संस्कृतिको मिश्रण अनुभव होस् भन्ने हेतूले अरुभन्दा भिन्नै सुविधाका साथ सञ्चालनमा ल्याइएको हो।

होटलमा स्थानीय तथा विशेष आवासको व्यवस्था गरिएको छ। होटलको नवौं तलामा अवस्थित ‘चाओ बेला’ चाइनिज इटालियन रेष्टुरेन्टबाट काठमाडौं सहर अवलोकन गर्न सकिने उनले बताए।

होटलमा ५ वटा अलग अलग डिजाइनका हलहरु छन्। माग अनुसार विवाह, सामाजिक समारोह, सम्मेलन, बैठक, कार्याशाला गोष्ठी तथा अन्य विभिन्न कार्यक्रमहरु गर्न सकिने बताइएको छ।

५०० जनासम्मलाई एकै पटक भोज खुवाउन सक्ने व्यवस्था गरिएको सो होटलमा १ सय ८ ओटा कोठा रहेको र उक्त होटलमा ९० डलरदेखि ६ सय डलरसम्मको कोठाहरु रहेको होटल आकामाले जनाएको छ।

२ अर्ब ९० करोडको लगानीमा सञ्चालनमा ल्याएको उक्त होटलमा सुन्दर स्वीमिङ पुल, बारलगायतका होटलका मुख्य आकर्षण हुन्।

प्रतिक्रिया दिनुहोस
पिपुल्स पावरको साधारण सभा भदौ २७ गते

काठमाडौं । पिपुल्स पावर लिमिटेड कम्पनीले दोस्रो र तेस्रो साधारण सभा भदौ २७

युरोपको आकाशमा माथिको प्रतिबन्ध हटाउनु पर्छः प्रम ओली

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएको

“यो राइनो हैन गैंडा हो गैंडा” : प्रम ओली

काठमाडौं । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालले अब द्रुतगतिमा आर्थिक विकास गर्ने बताएका

स्वयम्भूस्थित यातायात व्यवस्था कार्यालयमा मेगा बैंकको एक्सटेन्सन काउन्टर

काठमाडौँ । मेगा बैंक नेपाल लिमिटेडले काठमाडौँको स्वयम्भु ठूलो भर्याङस्थित यातायात व्यवस्था कार्यालयको