आज देखि सानिमा क्यापिटलको सेवा पुतलीसडकबाट « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

आज देखि सानिमा क्यापिटलको सेवा पुतलीसडकबाट



काठमाडाै । सानिमा क्यापिटलले आफ्नो ठेगाना परिवर्तन गरेको छ । यसअद्धि नारायणचौर नक्सालबाट सेवा दिँदै आइरहेको क्यापिटलले साउन २८ गतेदेखि पुतलिसडकबाट सेवा दिने भएको हो।

सानिमा क्यापिटलले पुतलीसडकमा रहेको शेयर मार्केट कमर्शियल कम्प्लेक्स् दोस्रो तल्लाबाट आफ्नो सेवा प्रवाह गर्ने जनाएको छ ।

सानिमा क्यापिटल मर्चेन्ट बैंकिङ्ग सेवा प्रदान गर्न खोलिएको सानिमा बैंकको सहायक कम्पनी हो।

सानिमा क्यापिटलले शेयरसम्बन्धी अभिलेख राख्ने, नामसारी, दाखिल खारेज गर्ने, शेयर रोक्का राख्ने लगायतका शेयरवालाहरुको लगत अद्यावधिक गरी राख्ने जस्ता शेयर रजिष्ट्रेशनसँग सम्बन्धित सम्पूर्ण कार्यहरु तथा लगानी व्यवस्थापन सेवा समेत प्रदान गर्दै आइरहेको छ ।

प्रकाशित : २८ श्रावण २०७६, मंगलवार १०:०१