एनएमबि बैंकको विशेष साधारण सभा सम्पन्न, ओम डेभलपमेन्ट बैंकसँग मर्ज गर्न प्रस्ताव पारित « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

एनएमबि बैंकको विशेष साधारण सभा सम्पन्न, ओम डेभलपमेन्ट बैंकसँग मर्ज गर्न प्रस्ताव पारित



काठमाडाै । एनएमबि बैंकको विशेष साधारण सभा सम्पन्न भएको छ । ओम डेभलपमेन्ट बैंकसँग मर्ज गर्ने विशेष प्रस्ताव अनुमोदन भएको छ । गाभ्ने–गाभिने सम्बन्धमा सञ्चालक समितिले यसअघि गरेका निर्णयहरु अनुमोदन गरिएको हो ।

एनएमबि र ओमबीच १००ः७६ अनुपातमा मर्ज हुन लागेको हो । विशेष मर्जरका लागि नियामक निकाय नेपाल राष्ट्र बैंकले असार ८ गते सैद्धान्तिक सहमति दिइसकेको छ । यता, ओमले पनि सोमबार विशेष साधारण सभा गरेर मर्ज प्रस्ताव अनुमोदन गरिसकेको छ ।

एनएमबि र ओम मर्जपछि अधिकृत, जारी तथा चुक्ता पुँजी वृद्धि हुने भएकाले प्रबन्धपत्र संशोधन गर्ने जिम्मा सञ्चालक समितिलाई दिने निर्णय गरिएको छ । लेखा परीक्षकको नियुक्ति र पारिश्रमिक अनुमोदन गर्ने प्रस्ताव पनि पारित भएको छ । एनएमबिले सेयर ब्रोकरको काम गर्ने प्रस्ताव पनि पारित भएको छ ।

एनएमबि र ओमले जेठ २ गते नै मर्जर सम्बन्धि सम्झौता पत्रमा हस्ताक्षर गरेका हुन् । मर्जरपछि एनएमबि बैंक नै नाम राखिने भएको छ ।

प्रकाशित : २८ श्रावण २०७६, मंगलवार १६:३०