त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घट्यो रोचक घटना « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

विविध

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा घट्यो रोचक घटना



काठमाडौं। त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा मंगलबार निकै रोचक घटना घट्यो । विदेशबाट फर्किने नेपालीले ल्याएका सामानमा अनावश्यक कर लगाउने र सामान जफत गरिदिने गरेको आरोप लाग्दै आएको भन्सारमा एक यात्रुले निकै आश्चर्यजनक काम गरे । ती यात्रु चीनबाट नेपाल आएका थिए ।

चिनियाँ नागरिक बाई चाङले आफ्नो साथमा ५ वटा ल्यापटप ल्याएका थिए । भन्सारको नियमअनुसार एउटा ल्यापटप मात्र कर नतिरी ल्याउन पाइन्छ । एकभन्दा बढी ल्याएमा एउटा छाडेर बाँकीको कर तिर्नुपर्छ । विमानस्थल भन्सार कार्यालयले चाङलाई ४ वटा ल्यापटपको भन्सार तिर्न भन्यो तर उनले मानेनन्।

भन्सार तिर्नुको साटो उनले विवाद बढाउन थालेपछि भन्सार प्रशासनले उनलाई नियन्त्रणमा लियो। विमानस्थल भन्सारले चाङले बोकेका ४ वटा ल्यापटपको १ लाख २० हजार रुपैयाँ मूल्यांकन गरी ४८ हजार ५ सय ६५ रुपैयाँ कर निर्धारण गर्यो। चाङले भन्सार तिर्न अस्वीकार गरे र आफूसँग ल्याएका ४ वटा ल्यापटप भुइँमा खसालेर फुटाइदिए। अन्त्यमा चाङले सरकारी मूल्यांकन अनुसार भन्सार रकम तिरे र फुटाएका ल्यापटप साथमा बोकेर हिँडेका थिए।

प्रकाशित : २९ श्रावण २०७६, बुधबार १४:३०