यी बैंकमार्फत हुनेछ सामाजिक सुरक्षा कोषमा भुक्तानी गर्नुपर्ने रकम « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

यी बैंकमार्फत हुनेछ सामाजिक सुरक्षा कोषमा भुक्तानी गर्नुपर्ने रकम



काठमाडा‌ै सामाजिक सुरक्षा कोषमा सूचीकृत भइसकेका योगदानकर्ताको कोषमा जम्मा गर्नुपर्ने रकम बैंकमार्फत भुक्तानी गर्न पाउने व्यवस्था गरिएको छ।

कोषको रकम बैंकमार्फत भुक्तानीका लागि नेपाल क्लियरिङ हाउस लिमिटेड(एनसिएचएल)सँग आवद्ध बैंकहरु छनोट गरिएको हो।

एनसिएचएलसँग आवद्ध बैंकमार्फत योगदानकर्ताको कोषमा जम्मा गर्नुपर्ने रकम सामाजिक सुरक्षा कोषको नाममा नेपाल बैंक लिमिटेडमा रहेको कल खाता नम्बर ००२११६०६७२००१२०००००२ मा जम्मा गर्न सकिने व्यवस्था गरिएको कोषले जनाएको छ।

प्रकाशित : २९ श्रावण २०७६, बुधबार १४:५०