रारा भिलेज रिसोर्टको कर्पाेरेट अफिस काठमाडौंमा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

अर्थतन्त्र

रारा भिलेज रिसोर्टको कर्पाेरेट अफिस काठमाडौंमा



काठमाडौ । मुगु जिल्लामा सञ्चालनमा ल्याइन लागिएको रारा भिलेज रिसोर्ट प्रालिको काठमाडौंका लागि सम्पर्क कार्यालय (कर्पाेरेट अफिस) खुलेको छ । काठमाडौंको सीटीसी मलमा खोलिएको कर्पाेरेट अफिसको बिहीबार राजधानीमा एक कार्यक्रमवीच उदघाटन गरियो । मगुका संविधानसभा सदस्य गोपाल बमले अफिसको उदघाटन गरे ।


मुगुमा बनाउन लागिएको भनिएको सिसोर्ट वातावरणमैत्री निर्माण सामाग्रीको प्रयोगबाट बनाइने जनाइएको छ । गोर्खा इको प्यानलको प्रयोगबाट कार्यालय रिसोर्ट बनाइने कार्यक्रममा बताइयो । सन् २०२० नेपाल भ्रमण वर्षलाई लक्षित गरी रिसार्ट सञ्चालनमा ल्याइएको जनाइएको छ ।
मुगु जिल्लाको विमानस्थल ताल्चा, त्यस नजिकको सल्लेरी र मुर्मा गरी तीन ठाउँंहरुमा रिसोर्ट सञ्चालनमा ल्याइने जनाइएको छ ।

मुगुको सामाजिक आर्थिक विकासको एक मात्र आधार मानिएको रारा तालमा वर्षेनी हजारौं स्वदेशी तथा विदेशी पर्यटक भित्राउन व्यवस्थित पहल जरुरी रहेको र आन्तरिक तथा बाह्य पर्यटकका लागि खाना तथा बसोवासका लागि स्तरिय होटल निर्माण गरी पर्यटकका लागि सुविधा प्रदान गर्ने जरुरी रहेको रिसोर्ट बनाउन लागिएको जनाइएको छ । स्थानीय जनतालाईसमेत उनीहरुको जीवनस्तर एवं दैनिकीमा सुधार ल्याउन योगदान गर्ने लक्ष्य कम्पनीले लिएको जनाएको छ ।


रारामा भ्रमण गर्ने आन्तरिक तथा बाह्य पर्यटकको सख्या बर्षेनी उल्ल्ेख्य रुपमा बढ्दै गएको तथ्यांक छ । यो क्रम अत्यधिक रुपले बृद्धि हुदै गएको पनि देखिन्छ । अत्यन्त मनोरम र प्राकृतिक दृष्यहरुले राराको भ्रमणलाई पटकपटक जान मनगर्ने भएकोले पनि दोहो¥याएर जानेको सख्या पनि उल्लेख्य देखिन्छ । विदेशी पर्यटकका लागि त यो लामो बसाईको रोजाइमा पर्ने स्थान पनि हो ।


रारा तालको भ्रमणमा जानेहरुलाई बसोवास र खानाका लागि हाल ताल किनारमा रहेका अस्थाई प्रकृतिका रहेका कारण पनि उपलव्ध सेवाहरु गुणस्तरीय र सुलभ हुन सकेका छैनन् भने पर्यटकका लागि आवश्यक अन्य सेवाहरु त शून्य प्राय रहेका छन् । एकातर्फ नेपाल सरकार र रारा नगरपालिकाले यसै बर्षदेखि ताल किनारमा रहेका प्राय सवै संरचना हटाई तालको स्वच्छता कायम गर्ने अभियान चलाउने घोषणा गरेका कारणले पनि अव ताल किनारमा बसोवासका लागि कुनै पनि होटल रहने छैनन् । अर्कोतर्फ, बर्षेनी बढ्दो दरमा रहेका पर्यटकका लागि थप होटलको व्यवस्था आवश्यक भैसकेको छ । यही आवश्यकता र श्रृजित अवसरका कारण रारा भिलेज रिसोर्ट कम्पनीको सक्रियतामा पहिलो चरणमा रारातालवाट नजिकमा रहेको गाउँ मुर्माको कोट भन्ने स्थानमा होटल निर्माण गरी कम्तीमा ५० जनालाई सेवा दिने गरी कार्ययोजना बनाएको जनाएको छ ।


विशेष गरी विदेशमा रहेका नेपाली र विदेशीहरुवाट लगानी लगाई एउटा सुशासित, पारदर्शि र नमूना होटल प्रारम्भ गर्ने योजना तथा कायक्रम रहेको कम्पनीले जनाएको छ । सानो लगानीवाट प्रारम्भ गरी यसैको आम्दानीवाट क्रमश लगानी थप्दै जाने र बिस्तार गर्ने योजना यसको रहेको कम्पनीले जनाएको छ ।

प्रकाशित : ३१ श्रावण २०७६, शुक्रबार ११:५५