जनता बैंकको नाफा १ अर्ब ३४ करोड « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

जनता बैंकको नाफा १ अर्ब ३४ करोड



काठमाडौं । गत आर्थिक वर्ष २०७५/७६ मा जनता बैंकको नाफा १ अर्ब ३४ करोड पुगेको छ । बैंकले अघिल्लो आवमा एक अर्ब रुपैयाँ नाफा आर्जन गरेको थियो । बैंकको वितरण योग्य नाफा १ अर्ब १८ करोड रुपैंयाँ रहेको छ ।

८ अर्ब चुक्ता पुँजी भएको बैंकको जगेडा कोषमा १ अर्ब ७० करोड रुपैंयाँ रहेको छ । बैंकले ७५ अर्ब निक्षेप संकलन गरेर ६६ अर्ब कर्जा लगानी गर्दा सीडी रेसियो ७७.३४ प्रतिशत कायम गराएको छ । बैंकको आधार ब्याजदर ९.९५ प्रतिशत छ भने कस्ट अफ फण्ड ७.५३ प्रतिशत छ ।

बैंकको स्प्रेड दर भने ४.४२ प्रतिशत मात्रै छ । बैंकको प्रति सेयर आम्दानी १६.८१ रुपैंयाँ छ भने प्रति सेयर आम्दानी १३३.५४ रुपैंयाँ छ ।

प्रकाशित : ३१ श्रावण २०७६, शुक्रबार १२:०५