कुलमानको आडमा उर्जा मन्त्री बर्षमानले गरे यस्तो घोषणा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

कुलमानको आडमा उर्जा मन्त्री बर्षमानले गरे यस्तो घोषणा



काठमाडाै । ऊर्जा, जलस्रोत तथा सिंचाइ मन्त्री वर्षमान पुनले नेपाल विद्युत प्राधिकरणलाई सरकारी संस्थानहरुमा एक नम्बरको बनाउने घोषणा गरेका छन् । उनले चालु आर्थिक वर्षमा प्राधिकरणलाई साढे ८ अर्ब रुपैयाँ भन्दा बढी नाफामा लैजाने घोषणा पनि गरे । प्राधिकरणको ३४ औं वार्षिकोत्सवको अवसरमा आइतबार राजधानीमा आयोजित कार्यक्रममा मन्त्री पुनले गत आर्थिक वर्ष नेपाल विद्युत प्राधिकरणको उपलब्धि र गौरवको वर्ष भएको बताए ।

‘कार्यकारी निर्देशकको व्यवस्थापकीय क्षमता, कर्मचारीको मेहनत, राजनीतिक नेतृत्वको निरन्तरको सहयोग लगायतले प्राधिकरण इतिहासकै उत्कृष्ट बन्न सफल भएको छ’, प्राधिकरण संचालक समितिका अध्यक्षसमेत रहेका पुनले भने । ‘अधिकांश संस्थाहरु घाटामा चलिरहंदा प्राधिकरण खुद नाफा कमाउने अवस्थामा पुगेको छ, अब यसलाई एक नम्बर संस्थान बनाउने छौं ।’

तीन वर्षअघि ८ अर्ब ८९ करोड रुपैयाँ खुद घाटामा रहेको प्राधिकरणले त्यसपछि निरन्तर नाफा कमाउँदै आएको छ । आर्थिक वर्ष ९आव० २०७५–७६ मा प्राधिकरण ७ अर्ब २० करोड रुपैयाँ खुद नाफा आर्जन गर्न सफल भएको छ । संचित नोक्सानी करिब १५ अर्बमा झरेको छ ।

गत आर्थिक वर्ष विद्युत चुहावट १५।३२ प्रतिशतमा झार्न प्राधिकरण सफल भएको छ । आब ०७४–७५मा २०।४५ प्रतिशत रहेको चुहावटलाई गत आवमा ५।१३ प्रतिशत विन्दुलाई घटाएर १५।३२ प्रतिशतमा झारिएको हो । नियमित विद्युत आपूर्ति हुन थालेपछि मुलको अर्थतन्त्रमा सकारात्मक प्रभाव परेको उल्लेख गर्दै मन्त्री पुनले आगामी दिनमा मुलकमा पर्याप्त विद्युत उत्पादन भई भारत बंगलादेशसँग विद्युत व्यापारका लागि सौदाबाजी गर्न सक्ने अवस्था पुग्ने बताए ।

मिटर नदिने, ट्रान्सफर्मर परिवर्तन नगर्ने जस्ता ग्राहकसँग प्रत्यक्ष जोडिएका विषयमा गुनासो आउने गरेको बताउँदै मन्त्री पुनले सेवा सुधार गरी ग्राहकमैत्री बन्न कर्मचारीलाई निर्देशन दिए । ‘उत्पादन, प्रसारण र वितरणको लागत घटाउने, प्रशासनिक खर्चलाई नियन्त्रण गर्ने जस्ता क्रियाकलापबाट लागतलाई कम गराई उपभोक्तालाई सस्तो विजुली दिनु पर्छ’, उनले भने । ‘विगतमा उज्यालो उपलब्ध गराउन चुनौतीपूर्ण थियो अब भरपर्दो र गुणस्तीय सेवा दिनुपर्ने चुनौती छ ।’

ऊर्जा सचिव एवं प्राधिकरण संचालक समितिका सदस्य दिनेश कुमार घिमिरेले विद्युतको खपत बढाउनु अब चुनौतीपूर्ण रहेको बताए । कार्यक्रममा प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले चार्जिङ स्टेशनहरु निर्माण गरी विद्युतीय सवारी साधनको प्रवद्र्धन गर्ने, खाना पकाउने ग्यासलाई विद्युतीय चुल्होले प्रतिस्थापन गर्ने लगायतका कार्यक्रम कार्यान्वयन गरी स्वदेशमा विद्युतको आन्तरिक खपत वृद्धि गर्नेतर्फ विशेष जोड दिइने बताए ।

‘उत्कृष्ट सेवा प्रवाहको माध्यमबाट आर्थिक अवस्थामा सुधार ल्याउन सके प्राधिकरणप्रति सबैको विश्वास अभिवृद्धि हुनेछ । यसबाट संस्थाको विकास र सुदृढीकरणका लागि पर्याप्त अवसरहरु सिर्जना हुनेमा विश्वस्त छौं’ उनले भने, ‘आगामी दिनमा मुलुकभर जनतालाई पर्याप्त, नियमित, भरपर्दो र गुणस्तरीय विद्युत आपूर्ति गर्न हरसम्भव प्रयास गरिने प्रतिबद्धतासमेत व्यक्त गर्दछौं ।’ कार्यक्रममा गत वर्ष उत्कृष्ट कार्यसम्पादन गर्ने १५ कर्मचारीलाई सम्मान गरिएको थियो ।

प्रकाशित : १ भाद्र २०७६, आईतवार २१:१४