सवारी सधानहरुको कुम्भमेला भदाै १० गते देखि « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

सवारी सधानहरुको कुम्भमेला भदाै १० गते देखि



काठमाडाै । १० भदौदेखि काठमाडौंमा नाडा अटो शो हुने भएको छ । सवारी सधानहरुको कुम्भमेला जस्तै गरी आयोजना हुने शो १० भदौदेखि १५ भदौसम्म आयोजना हुन लागेको हो ।

सवारी सधान तथा त्यसका पार्टपुर्जाहरुको विक्रेताहरुको संस्था नाडा अटोमोबाइल्स एशोसियशन अफ नेपालले ‘नाडा अटो शो २०१९’ आयोजना गर्ने भएको छ ।

नाडाले आइतबार पत्रकार सम्मेलन गर्दै काठमाडौंको भृकुटीमण्डपमा अटो शो गर्ने जानकारी दिएको हो । अटो शोमा १६० वटा स्टलहरु र ब्लकहरुमा ९५ ब्राण्डका सवारी साधन प्रदर्शन र बिक्रीका लागि राखिने आयोजकले जानकारी दियो ।

२३ वटा ब्राण्डका चार पांग्रे गाडी, १९ वटा ब्राण्डका दुई पांग्रे, १२ वटा ब्राडका लुब्रिकेन्ट, ९ वटा ब्रान्डका टायर, ५ वटा ब्राण्डका ब्याट्री, १४ वटा ब्राण्डका पार्टपूर्जा तथा ग्यारेज उपकरण र १३ वटा वित्तीय संस्थाहरुको स्टल रहने नाडाले जानकारी दिएको छ ।

नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले नाडा अटो शो सबैको उत्सव भएकोले यसलाई सबैले महत्व दिएको बताए । नाडा अटो शो आधुनिक हुँदै गएको र अघिल्लो वर्ष ७१ वटा स्टल भएकोमा यो वर्ष ९५ वटा स्टल रहने बताए । यसपालीको अटो शोमा सवारी साधानको सवै विक्रेता सहभागी हुने नाडाको भनाइ छ ।

नाडा अटो शोका संयोजक निराकर श्रेष्ठले यस वर्ष मेलामा आउने आगन्तुकहरुलाई अटो शो अवलोकन गर्न सहज होस भनेर अस्थाइ आकाशे पुल बनाइन लागेको जानकारी दिए । अटो शोमा नयाँ र पुराना ५ वटा ब्रान्डका विद्युतीय र हाइब्रिड गाडीहरु रहने जानकारी दिइएको छ ।

यसअघिका शोहरुमा जस्तै यसपालीको अटो शोमा पनि शीर्ष प्रायोजक सर्भाे वल्र्डक्लास लुब्रिकेन्ट्स रहेको छ । अटो शोमा गाडीका नयाँ मोडलहरु सार्वजनिक गरिने तथा खरिदकर्ताहरुलाई विभिन्न छुट दिइने विक्रेताहरुले बताएका छन् ।

शोमा ७५ हजार दर्शकले अवलोकन गर्ने नाडाको अनुमान छ । प्रदर्शनीमा वित्तीय संस्था, नयाँ प्राविधिक विकास, सवारी सुरक्षा प्रविधि, स्पेयर पार्टस, लुब्रिकेन्टस, टायर, ग्यारेज उपकरण, व्याट्री तथा अन्य एशोसेरिजहरूको सहभागिता रहने छ । जसमा नेपालमै उत्पादित सामाग्रीहरूको समेत प्रदर्शनी गरिने भएको छ ।

ओमेगा अटोमोबाइल्सको प्रायोजनमा नाडा जीपी एक्स जेन्टलमेन २०० सीसी क्षमाताको मोटर साइकल टिकटको लक्की ड्र गरी एक जना आगन्तुकलाई उपहार दिने व्यवस्था गरिएको आयोजकले जानकारी दिएको छ ।

प्रकाशित : १ भाद्र २०७६, आईतवार २१:२८