युरोपको आकाशमा माथिको प्रतिबन्ध हटाउनु पर्छः प्रम ओली



काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको हवाई क्षेत्रको सुरक्षामा धेरै सुधार हुँदै गएको युरोपको आकाशमा माथिको प्रतिबन्ध हटाउनु पर्ने बताएका छन्।

काठमाडौंमा सोमबारबाट सुरुभएको अन्तर्राष्ट्रिय नागरिक उड्डयन संगठन (आइकाओ) का हवाई महानिर्देशकहरुको सम्मेलनको उद्घाटन कार्यक्रममा बोल्दै प्रधानमन्त्री ओलीले बिगतमा जस्तो हवाई सुरक्षामा नेपालको कमजोरी अहिले नरहेको बताएका हुन्।

प्रधानमन्त्री ओलीले ठ्याक्कै त्यही शब्दमा प्रतिबन्ध हटाउन नभने पनि नेपालले पछिल्ला वर्षमा हवाई उड्डयनमा गरेको विकाशले असुरक्षा हटेको बताएका हुन्। नेपालले हवाई सुरक्षाका बाँकी कामहरुमा क्रमश सुधार गर्दै गएको बताए।

नेपालले सुखी नेपाली र सम्बृद्ध नेपालको नारा लक्ष्य हासिल गर्न पर्यटनलाई प्रमुख अंगको रुपमा लिएको बताउँदै प्रधानमन्त्री ओलीले विश्वमा प्रवेश गर्न कनेक्टिभिटीको ठूलो महत्व रहेको बताए। नेपालको पर्यटन क्षेत्रको विकाशको लागि कनेक्टिभिटी आवश्यक रहेको बताए।

आफ्नो मन्तब्यको क्रममा प्रधानमन्त्री ओलीले काठमाडौंको त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक एयरपोर्टमा रुपान्तरण गर्न लागिएको बताए। साथै थप दुई नयाँ अन्तर्राष्ट्रिय विमानस्थल पनि निर्माण भैरहेको बताए।

प्रधानमन्त्री ओलीले नेपालको पछिल्लो राजनैतिक अवस्था र सरकारले लिएको लक्ष्य स्पस्ट भएको हुँदा बिकाशमा लगानीको लागि अनुकुल समय रहेको बताए। नेपाल सरकारले सन् २०२० लाई भ्रमण वर्षको रुपमा मनाउँदै २० लाख बढी पर्यटक भित्र्याउने सरकारको लक्ष्यमा साथ दिन सबैलाई आग्रह गरे। आजबाट सुरु भएको सम्मेलन पाँच दिन सम्म चल्ने छ। यो सम्मेलनमा ४३ देशका चार सयभन्दा धेरै प्रतिनिधि सहभागी रहेका छन्।

प्रतिक्रिया दिनुहोस
आज विश्वकर्मा पूजा मनाइदै

काठमाडौँ । आज असोज १ गते अर्थात विश्वकर्मा पूजा मनाइदैछ । आश्विन सङ्क्रान्तिका

चिनियाँ माल,६ वटा ल्याउँदा तीन वटा बेहाल

काठमाडौं । चीन सरकारबाट किनिएका तथा अनुदानमा ल्याएका  ६ वटा चिनियाँ जहाज नेपाल

यस्तो बन्दै छ सिंहदरबारभित्र संघीय संसद्को भवन

काठमाडाै । सरकारले सिंहदरबारभित्र संघीय संसद्को भवन निर्माण प्रक्रिया अगाडि बढाएको छ ।

उपेन्द्र यादवको विदेश माेह

काठमाडाै । देशभर डेंगु फैलिरहेको अवस्थामा स्वास्थ्य तथा जनसंख्या मन्त्री उपेन्द्र यादव विश्व