पिपुल्स पावरको साधारण सभा भदौ २७ गते « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

पिपुल्स पावरको साधारण सभा भदौ २७ गते



काठमाडौं । पिपुल्स पावर लिमिटेड कम्पनीले दोस्रो र तेस्रो साधारण सभा भदौ २७ गते एकैपटक गर्ने भएको छ । उक्त साधारण सभा कम्पनीको रजिष्टर कार्यालय कमलादीमा बिहान ११ बजे शुरु हुने जनाएको छ ।

कम्पनीको साउन २६ गते बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४/०७५ र २०७५/०७६ को साधारण सभा गर्ने निर्णय गरेको हो ।

सभामा कम्पनीले २०७४/०७५ र २०७५/०७६ को वार्षिक प्रतिवेदन र लेखा परीक्षण प्रतिवेदन छलफल गरि पारित गर्ने छ ।

यस्तै, साभामा लेखा परीक्षकको नियुक्ती तथा निजको पारिश्रमिक तोक्ने, सार्वजनिक शेयर निष्कासन गर्ने र सोका लागि अख्तियारी दिने सम्बन्धमा छलफल गर्ने प्रस्ताव रहेको छ ।

प्रकाशित : २ भाद्र २०७६, सोमबार १५:३७