विकास बैंकले उचाल्यो नेप्से « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

विकास बैंकले उचाल्यो नेप्से



काठमाडौं । मंगलवार नेप्से परिसुचक ५ दशमलव ५८ अंकले उकालो लागेको छ । सो दिन सेयर बजार १ हजार २ सय ८९ दशमलव ५२ अंकमा पुगेर बन्द भएको छ ।

मंगलवार उत्पादन समुहको परिसुचक सवैभन्दा बढी २० दशमलव ७६ अंकले उकालो लागेको छ । त्यस्तै विकास बैंक १९ दशमलव २५,बीमा समुह ११ दशमलव ६२ र फाइनान्स समुहको परिसुचक १० दशमलव ४२ अंकले बढेको छ ।

त्यस्तै सेयर बजारमा सवैभन्दा बढी प्रभाव रहेको बैंक समुहको परिसुचक ३ अंकले बढेको छ भने अन्य समुहको १ दशमलव १८ अंकले उकालो लागेको छ । सो दिन जलविद्युत र होटल समुहको परिसुचक भने १० दशमलव ४६ र ० दशमलव २६ अंकले ओरालो लागेको छ ।

मंगलवार कारोवारमा आएका १ सय २३ कम्पनीको १० लाख ४८ हजार कित्ता सेयरबाट ५१ करोड २७ लाखको कारोवार भएको छ ।

प्रकाशित : १८ फाल्गुन २०७२, मंगलवार ११:४३