टोयोटाको गाडी सार्वजनिक « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

कर्पोरेट

टोयोटाको गाडी सार्वजनिक



काठमाडौं । टोयोटा मोटर्सले नाडा अटो शो २०१९मा दुइवटा हाइब्रीड मोडलहरु र्याभ फो हाइब्रीड र क्याम्री हाइब्रीडका साथ र्याभ फो ग्यासोलिन सार्वजनिक गरेको छ । युनाइटेड ट्रेडर्स सिन्डिकेट नेपालका लागि टोयोटाको आधिकारीक विक्रेता हो ।

टोयोटा हाइब्रीडका सवारीहरु लन्च गर्ने पहिलो अटोमोबाइल यो कम्पनी हो । दुइवटा पावर ट्रेन इन्टर्नल कमबस्टन इन्जिन र इलेक्ट्रीक मोटरको सम्मिश्रण भएको हाइब्रीडले अधिकतम शक्ति दिनुका साथै न्युनतम फ्युलको प्रयोग गरी थोरै धुँवा इमिसन गर्ने कम्पनीले दावी गरेको छ ।

हाइब्रीड साइनर्जी ड्राइभ टेक्नोलोजी भएको यस सवारीमा स्वचालित रुपमा ग्यास र इलेक्ट्रीक पावर समयअनुसार बदल्ने काम गर्छ । इन्टर्नल कमबस्टन इन्जिन र रिजेनेरेटिभ ब्रेकिङको सहायतामा चार्ज हुने यस सवारीको ब्याट्री लाईफ १५ वर्ष रहेको छ । हाइब्रीडका गाडीहरुमा ३ थप मोडहरु उपलब्ध छन स इ.भी. मोड जसमा ब्याट्री मात्र खपत भइ शुन्य इमीसन हुन्छ , इ.को. मोडले एरसी आउटपुट कम गरी थ्रोटल गतीवद्रघन प्रतिक्रिया सीमित गर्दछ भने स्पोर्ट मोडलले हाइब्रीड ब्याट्रीको सहायतामा गतिवद्रघन बूस्ट गरी पेट्रोल इन्जिनलाई मद्दत गर्छ ।

नयाँ र्याभफो हाइब्रीडको चाखलाग्दो विशेषता नै साधारण ड्राइभिङमा यस सवारीले २४ कि.मि. प्रति लिटर माइलेज दिने गर्छ । ८ वटा एयर ब्याग भएको यस सवारीमा ३ वटा ड्राइभिङ मोड स इ.को. मोड , स्पोर्ट मोड र इ.भी. मोडहरु रहेका छन ।ब्याट्रीको लागि प्लगड ( इन आवश्यकता नभएको यस सवारीमा भेइकल इस्ट्याबिलिटी कन्ट्रोल(भी. य्स. सी), ट्र्याक्सन कन्ट्रोल सिस्टम ( टी. आर. सी )का साथ, अञ्टीलक ब्रेकिङ सिस्टम ( ए. बी. अय्स), इमेर्जेन्सी सिग्नल सिस्टम ( इ. अय्स. अय्स ) का साथ हुनुका साथै हिल स्टार्ट असिस्ट कन्ट्रोल ( याच. ए. सि. )को प्रबन्ध पनि रहेको छ । बजारमा यस सवारीको मुल्य रु. १३,४००,००० रुपैँया रहेको कम्पनीले जनाएको छ ।

यसैगरी नयाँ क्याम्री हाइब्रीडको विशेषता भनेको साधारण ड्राइभिङमा यस सवारीले २३ कि.मि. प्रती लिटर माइलेज दिन्छ । ९ वटा एयर ब्याग भएको यस सवारीमा पनि ३ वटा ड्राइभिङ मोड स इ.को. मोड , स्पोर्ट मोड र इ.भी. मोडहरु रहेका छन ।ब्याट्रीको लागि प्लगड ( इन आवश्यकता नभएको यस सवारीमा भेइकल इस्ट्याबिलिटी कन्ट्रोल(भी. य्स. सी), ट्र्याक्सन कन्ट्रोल सिस्टम ( टी. आर. सी )का साथ, अञ्टीलक ब्रेकिङ सिस्टम ( ए. बी. अय्स), इमेर्जेन्सी सिग्नल सिस्टम ( इ. अय्स. अय्स ) का साथ उपलब्ध छ । बजारमा यस सवारीको मुल्य रु. १३,१००,००० रुपैँया रहेको छ ।

प्रकाशित : ११ भाद्र २०७६, बुधबार ०९:३९