नाडा अटो सो मा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन लन्च « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

नाडा अटो सो मा म्याक लुब्रिकेन्टका तीन नयाँ उत्पादन लन्च



काठमाडौं । काठमाण्डौको भृकुटीमण्डपमा आयोजना गरिएको नाडा अटो सोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ उत्पादन प्यासेन्जर भेकलस्का लागी र एक ग्रीज लन्च गरेको छ ।

नाडाले आयोजना गरेको अटो सो यहि भाद« १० गते देखि १५ गते सम्म, बिहान १० बजे देखि काठमाण्डौको भृकुटीमण्डपमा ६ दिन सम्म चल्नेछ ।

आफ्नो वर्गको अन्य कार्यक्रमहरुमध्ये सबैभन्दा उत्कृष्ट मानिएको यस अटो सोमा म्याक लुब्रिकेन्टले आफ्ना दुई नयाँ प्यासेन्जर भेकलस्का लागी म्याक अल्फा जेनिथ 5w-30 र म्याक अल्फा जेनिथ 10w-30 र अर्काे म्याक रुवि ग्रीज पनि लन्च गरेको हो ।

यी नयाँ उत्पादनले अन्य उत्पादनको तुलनामा गाडीमा माइलेज बढी दिने र इन्जीनमा यस्को बहु बिशेषता रहेको म्याक लुब्रिकेन्टको दाबी छ ।

म्याक लुब्रिकेन्ट भारत पेट्रोलीयम कर्पोरेशन को उत्पादन मध्येको एक उत्पादन हो । यसले सोमा ग्राहक तथा दर्शकहरुबाट धेरै भन्दा धेरै सकारात्मक प्रतिक्रिया पाइरहेको म्याक लुब्रिकेन्टले जनाएको छ ।

नाडाले आयोजना गरेको अटो सोको उद्घाटन अर्थमन्त्री डा. युवराज खतिवडा र भारत पेट्रोलीयम क्रपोरेसनका कार्य कारि निर्देशक भि .आनद र सिप्रदी टे«डिङ्गका सि.इ.ओ राजन बाबु श्रेष्ठले ग।रेको हो ।

प्रकाशित : १५ भाद्र २०७६, आईतवार १४:२०