तेलको कालोबजारीको काईदा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

तेलको कालोबजारीको काईदा



काठमाडौं । नेपाल आयल निगमले सर्वसाधरणको लागि वितरण गर्न पठाएको तेल कसरी कालोबजारी हुन्छ भन्ने जान्नको लागि मंगलबार त्रिपुरेश्वरस्थित एक पेट्रोल पम्पको व्यवहार हेरे पुग्छ । आयल निगमले पठाएको ट्यांकर सिधै पम्पमा खन्याइ नोजल मार्फत वितरण गर्नु पर्ने प्रावधान छ । तर, त्रिपुरेश्वरस्थित जयन्ती आयल स्टोरले थानकोट डिपोले पठाएको तेल पम्पमा नखनाई सिधैं ड्रममा खन्इयो ।
सो पम्पको यस्तो व्यवहार प्रत्यक्ष देखेका प्रहरी पनि मूकदर्शक मात्र बने । निगमले पठाएको चार हजार लिटर डिजेल मध्ये पम्पका मालिकले १ हजार लिटर भने ड्रममा खन्याएका थिए । पम्प सञ्चालकले पछिल्लो समय निगमले पठाएको तेल ड्रममा जम्मा गर्दै कालोबजारी गर्ने गरेका छन् । त्रिपुरेश्वरको उक्त पम्पले तीन हजार लिटर तेल बितरण गर्दै एक हजार लिटर लुकाएको छ ।
राजधानी दैनिकमा समाचार छ – पछिल्लाे समय पम्पले नै कालोबजारी गर्ने गरेको सूचना पाएपछि निगम र प्रहरीले समेत अनुगमन गरिरहेको दाबी गरेको छ ।

प्रकाशित : १९ फाल्गुन २०७२, बुधबार ०३:००