मुक्तिनाथ बैंकमा यस्तो घोटाला « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

मुक्तिनाथ बैंकमा यस्तो घोटाला



पोखरा– मुक्तिनाथ विकास बैंकले प्रस्ताव गरेको भन्दा १.३ प्रतिशत लाभांश घटाएर राष्ट्र बैंकले बितरणको स्विकृति दिएको छ । मुक्तिनाथ विकास बैंकभित्र भएको घोटालाको बिषयमा राष्ट्र बैंकमा एक सञ्चालकले लिखित उजुरी गरेपछी केन्द्रीय बैंकले मुक्तिनाथमा बिशेष निरिक्षण समेत पठाउने जनाएको छ ।

बैंकले कुल ३३ प्रतिशत लाभांश प्रस्ताव गरेकोमा राष्ट्र बैंकले ६८ लाख प्रोभिजन गर्न लगाएर लाभांश घटाएको हो । मुक्तिनाथले लाभांश बढी खानको लागि लघुवित्त क्षेत्रमा गरिएको लगानीमध्ये आएको मुृनाफाबाट कर्जा सुरक्षण कोषमा राखिएको करोडौं रकमलाई सुटुक्क मुनाफामा सारी लाभांश प्रस्ताव गरेको हो । यस बिषयमा राष्ट्र बैंकमा बैंकका सञ्चालकले नै लिखित उजुरी दिएका छन् ।

बैंकले गतबर्ष बाँडेको लाभांशमा पनि आर्थिक बर्ष २०७०/७१ मा पनि कर्जा सुरक्षण कोषको रकम १ करोड ५६ लाख रुपैंया मुनाफामा सारेर लाभांश बाँडिएको थियो । तर, राष्ट्र बैंकले गतबर्षको सो रकमलाई अहिले नै प्रोभिजन गर्न लगाएको छैन । तर, राष्ट्र बैंक स्रोतका अनुसार चालु आर्थिक बर्षमा पुरानो लाभांशमा खाइसकेको रकम समेत प्रोभिजन गर्न लगाउने गरी निर्देशन दिने भएको छ । यदी त्यसो भएमा मुक्तिनाथ दोस्रो त्रैमासिकको वित्तिय बिवरण सार्वजनिक गर्दा ठुलो रकम प्रोभिजनवापत छुट्याउनुपर्ने हुन्छ । जसको असर चालु आवको लाभांशमा पर्नेछ ।

पहिलेदेखि नै बढी लाभांश दिने बैंकको रुपमा चर्चामा रहेको मुक्तिनाथ यसैबर्षदेखि राष्ट्रियस्तरको बनेको छ । त्यसैले यसबर्ष धेरै लाभांश दिने बैंक बन्नुपर्छ भनेर घुमाउरो पाराबाट अनियमित रुपमा सुरक्षण कोषको रकम सारेर लाभांश दिन लागिएको संचालक जगतजङ्ग जिसीले राष्ट्र बैंकमा दिएको उजुरीमा लेखिएको छ ।
सञ्चालक जिसीले बैंकका सिईओ र कम्पनी सचिबको भूमिकामा रहेका भरतप्रसाद ढकालले अनियमितता गरेको बिषयमा २ पाना लामो उजुरी दिएका छन् । राष्ट्र बैंकले सो उजुरीमाथि अनुसन्धान गर्ने जनाएको छ ।

कतिसम्म भने मुक्तिनाथले स्गाग्जाको गल्याङ बजारमा रहेको २ पैसा २ दाममा बनेको घरलाई अनियमित रुपमा ८० लाख रुपैंया कर्जा दिएको बिषयमा समेत चर्चा चलेको छ । सो अनियमित कर्जा पनि प्रोभिजन गर्न लगाएमा मुक्तिनाथले अर्कोबर्ष न्युन लाभांश मात्र दिनसक्छ ।

उता सर्बसाधारण सेयरधनीको तर्फबाट प्रतिनिधित्व गर्ने सञ्चालक जगतजङ्ग जिसीलाई बैंकको ९ वटा बोर्ड बैठकमा लगातार नबोलाई आफुखुशी निर्णयहरु गरेकोमा पनि राष्ट्र बैंकमा उजुरी परेको छ । पव्लिक डाइरेक्टरले बैंकमा अनियमितताको बिषयमा आवाज उठाएको भन्दै उनलाई बैठकमा बोलाउन छाडिएको उनले राष्ट्र बैंकमा दिएको उजुरीमा जनाएका छन् । उनलाई निष्काशहन पनि नगरिएको र बैठकमा पनि नबोलाई साधारणसभा तथा लाभांश जस्तो बिषयमा महत्वपूर्ण निर्णयहरु एकलौटी रुपमा गर्ने गरिएको छ ।

यसअघि सिभिक डेभलपमेन्ट बैंकलाई मुक्तिनाथमा गाभ्नुअघि सिईओ ढकाल आफैले सिभिकको सेयर खरिद गरेको बिषयमा समेत उनले उजुरी गरेका छन् । सिईओले आफै सेयर खरिद गरेको र सोही कम्पनीलाई आफ्नो कम्पनीसँग गाभि सेयर बजारको चलखेलबाट फाइदा लिएको बिषयमा राष्ट्र बैंकले अनुसन्धान गरिरहेको छ ।

कतिसम्म भने सञ्चालकहरुलाई खुशी पार्नको लागि हरेक दशैंमा सिईओले बिना शीर्षक सन्चालकहरुलाई जनही २५ हजार रुपैंया दशैंखर्च भनेर दिने गरेको समेत पाइएको छ । यस्तो रकम सन्चालकहरुलाई खुशी पार्न र आफु अनुकुल निर्णय गराउनको लागि प्रभावित पर्न दिइने गरिएको हो । यसपटक पनि सन्चालकहरुलाई ल्यापटप र रकम दिइएको छ । सो रकम बिभिन्न अतिरिक्त प्रशाशनिक खर्च भनेर मिलाइने गरिएको समेत बैंक स्रोतको दाबी छ ।

यसबाहेक अजुनचौपारी शाखामा बिभिन्न व्यक्तिको किर्ते नाममा तथा केही कर्मचारीहरुको नाममा समेत कर्जा फाइल खडा गरी लाखौं रुपैंयाको कर्जा झिकेर सिईओ ढकालले अपचलन गरेको बिषयमा समेत उजुरी परेको छ ।सेयरजार साप्ताहिकबाट

प्रकाशित : १९ फाल्गुन २०७२, बुधबार ०३:०९