नेपाल टेलिकमले मिस्ड कल अलर्ट सेवा सुरु , यसरी लिनुस् सेवा « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

प्रविधी

नेपाल टेलिकमले मिस्ड कल अलर्ट सेवा सुरु , यसरी लिनुस् सेवा



काठमाडौं । नेपाल टेलिकमले मिस्ड कल अलर्ट सेवा सुरु गरेको छ । टेलिकमले ग्राहकका विभिन्न समस्यालाई मध्येनजर गर्दै फोन स्विच अफ भएको बेला पनि फोन आएको थाहा पाउन सकिने गरी उक्त सेवा सुरु गरेको हो ।

कम्पनीका अनुसार उक्त सुविधाको प्रयोग गरेमा ग्राहकले आफ्नो मोबाइलमा आएका सबै कलका जानकारी पाउन सक्नेछन । नेपाल टेलिकमले मिस्ड कल अलर्ट सेवा जीएसएम पोष्टपेड तथ प्रिपेड मोबाइलमा उपलब्ध गराएको छ ।

यो सेवामार्फत सेवाग्राहीको नम्बर व्यस्त भएको अवस्थामा, नेटवर्क नभएको र स्वीच अफ भएको अवस्थामा समेत कसैको फोन आएमा, पछि ती आगमन कलका बारेमा सन्देश (एसएमएस) मार्फत जानकारी पाउन सकिन्छ । यो सेवा विदेश गई रोमिङमा रहेको अवस्थामा पनि त्यहाँको स्थानीय नेटवर्कसँग जोडिनासाथ उपलब्ध हुनेछ । आफ्नो मोबाइलमार्फत *1400# डायल गरेर दिइएका विकल्प अनुसार अथवा sub mca लेखेर 1400 मा एसएमएस पठाई यो सुविधा प्राप्त गर्न सकिने टेलिकमले जानकारी दिएको छ ।

प्रकाशित : १९ भाद्र २०७६, बिहीबार ०६:५९