कस्तो छ विश्वको सबैभन्दा सानो ल्यापटप ? « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

Feature News

कस्तो छ विश्वको सबैभन्दा सानो ल्यापटप ?




एजेन्सी । विश्वको सबैभन्दा सानो ल्यापटप तयार भएको छ जसको स्क्रिन मात्र १ इन्चको छ । थिंक टाइनी नाम दिइएको यो ल्यापटप पोल क्लिन्गरले निर्माण गरेका हुन् ।

पोलले यसलाई लेनोभो थिंकप्याड ल्यापटपको सानो रूप बताएका छन् । यो ल्यापटपमा शून्य दशमलव ९६ इन्चको डिस्प्ले छ भने यसको किबोर्डको बीच भागमा कर्सर कन्ट्रोलर छ ।
यो सानो ल्यापटपमा एटीटाइनी १६१४ मिनी कन्ट्रोलर तथा ३ सय एमएएचको व्याट्री जडान गरिएको छ । यो ल्यापटपमा स्नेक, लुनार ल्यान्डर तथा टेट्रिसजस्ता गेम समेत खेल्न सकिन्छ ।

क्लिन्गरको मिनी ल्यापटप थिङ्कटाइनी बनाउन १ हप्ताको समय लागेको थियो भने यसको पार्टपुर्जाका लागि करिब ७० डलर खर्च गरिएको थियो । यसमा समावेश गरिएको कस्टम प्रिन्टेड सर्किट बोर्ड बनाउन १५ डलर खर्च लागेको बताइन्छ ।

प्रकाशित : २१ भाद्र २०७६, शनिबार २१:११