सुनको मूल्य घट्यो « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

कर्पोरेट

सुनको मूल्य घट्यो



काठमाडाै । आइतबार छापावाल सुनको मूल्य प्रतितोला ५ सय रुपैयाँले घटेर ७१ हजार ५ सय पुगेको छ । यस्तै , तेजाबी सुनको मूल्य पनि शुक्रबारको तुलनामा प्रतितोला ५०० सय रुपैयाँले नै घटेर आइतबार ७१ हजार २०० रुपैयाँमा कारोबार भएको नेपाल सुनचाँदी व्यावसायी महासंघले जानकारी दिएको छ ।

यता, चाँदीको मूल्य पनि १५ रुपैयाँले घटेर प्रतितोला ८८५ रुपैयाँ कायम भएको छ । यसअघि निरन्तर भाउ बढेपछि सर्वसाधारणले सुनका गहना खरिद गर्न कठिन हुने अवस्था आइरहेको बेला भाउ घटेपछि थोरै भए पनि राहत पुग्ने देखिएको छ ।

प्रकाशित : २२ भाद्र २०७६, आईतवार ११:३२