नेपाल पुनर्बिमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

बैंक / वित्त

नेपाल पुनर्बिमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्ने



काठमाडाै । नेपाल पुनर्बिमा कम्पनीले १ अर्ब ६० करोड रुपैयाँ बराबरको आइपीओ बिक्री गर्न नेपाल धितोपत्र बोडसँग अनुमति मागेको छ ।

कम्पनीले १ करोड ६० लाख कित्ता आइपीओ बिक्रीका लागि अनुमति मागेको हो । धितोपत्र बोर्डबाट स्वीकृति पाएपछि कम्पनीको आइपीओ खुल्ने प्रक्रिया सुरु हुनेछ ।

नेपाल पुनर्बिमा कम्पनीको आइपीओमा बिक्री प्रबन्धकको काम आरबीबी मर्चेन्ट बैंकिङले गर्नेछ ।

हाल पुनर्बिमा कम्पनीको चुक्ता पुँजी ८ अर्ब ४० करोड रुपैयाँ रहेको छ । आइपीओ बिक्रीपछि पुँजी १० अर्ब रुपैयाँ पुग्नेछ । यस आइपीओलाई रेटिङ एजेन्सी इक्रा नेपालले औसत अवस्था भन्दा माथिल्लो आधार जनाउने ‘ग्रेड २’ रेटिङ दिएको छ ।

कम्पनीले गत आर्थिक वर्षको अन्त्यसम्ममा जीवन बिमातर्फ १९ करोड ११ लाख ६५ हजार रुपैयाँ र निर्जीवन बिमातर्फ ९८ करोड ६८ लाख ६९ हजार रुपैयाँ खुद नाफा कमाएको छ । नेपाल पुनर्बिमा कम्पनी सन् २००३ मा स्थापना भएको कम्पनी हो ।

प्रकाशित : २४ भाद्र २०७६, मंगलवार ०७:१३