नाडाका संस्थागत एशोसिएशनहरुसँग नाडाको बृहत बैंठक सम्पन्न « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

अर्थतन्त्र

नाडाका संस्थागत एशोसिएशनहरुसँग नाडाको बृहत बैंठक सम्पन्न



चितवन । नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालले आफ्ना जिल्ला सदस्यहरुसँग अटो क्षेत्रको विद्यमान अवस्थाको विषयमा छलफल गरेको छ ।
चितवनमा भएको उक्त संयूक्त बैंठकमा चितवन अटोमोवाइल्स एशोसिएसन, पश्चिमाञ्चल अटोमोवाइल डिलर्स एसोसिएसन, हेटौंडा अटोमोवाइल्स एशोसिएसन र मोरङ्ग अटोमोवाइल्स डिलर्स एशोसिएसनका अध्यक्ष तथा कार्यसमितिका अन्य सदस्यहरुको उपस्थिति रहेको थियो ।
नाडा अटोमोवाइल्स एसोसिएसन अफ नेपालका अध्यक्ष शम्भुप्रसाद दाहाल, उपाध्यक्षहरु ध्रुवबहादुर थापा, कृष्णप्रसाद दुलाल र प्रकाश कपुरीको उपस्थिति रहेको थियो ।
त्यसैगरी नाडाका अन्य पदाधिकारीमा महासचिव सुनिल रिजाल, सचिव अनुपकुमार बराल, कोषाध्यक्ष सुरेन्द्रकुमार उप्रेती र सहकोषाध्यक्ष बिक्रम सिंघानिया समेतको बैंठकमा उपस्थित रहेको थियो ।
साथै सो भेलामा, केन्द्रीय कार्य समिति सदस्यहरुमा नवराज डल्लाकोटी, माधवप्रसाद पौडेल, पंकज अग्रवाल, दिपक अग्रवाल, मिलनबाबु मल्ल, र नन्दकिशोर शाहीको समेतको उपस्थिति रहेको थियो ।
भेलामा धारणा राख्ने अधिकांश जिल्ला अध्यक्षहरुले व्यवसायीक एकतामा जोड दिदै अटोमोवाइल व्यवसायमा लागेका सबैको माउ संस्थाको रुपमा नाडालाई अगाडि बढाउनु पर्नेमा जोड दिएका थिए ।
सबै जिल्लाका अध्यक्षहरुले ठूलो व्यवसाय भएका सबै स्थानमा अटो भिलेज निर्माणमा जोड दिएका थिए । त्यसका लागि आवस्यक सहयोग र सरकारसँग समन्वय गर्न नाडाले भूमिका खेल्नु पर्ने उनिहरुले माग गरेका थिए ।
सबै सदस्यहरुको जिज्ञासाको जवाफ दिदै नाडाका अध्यक्ष शम्भुप्रसाद दाहालले अटो व्यवसाय कठिन बन्दै गएको भन्दै सबै व्यवसायीहरुमा एकता हुनु पर्नेमा आफ्नो पनि जोड रहेको र त्यसका लागि नाडामा आवद्ध सबैसँग राय सल्लाह लिर्दै अगाडि बढिरहेको बताएका थिए ।
‘अहिले राज्य र समाजबाटै अटो क्षेत्रलाई हेर्ने नजर परिवर्तनको आवस्यकता रहेको र त्यो व्यावसायीक एकता विना संभव छैन’ बैंठकलाई संबोधन गर्दै दाहालले भनेका थिए ।
‘व्यावसायीक एकताले नै हरेक संस्था बलियो हुने भन्दै सबै सदस्य संस्थाहरुसँग मिलेर काम गर्न नाडा सधै तयार रहेको छ’ नाडाका उपाध्यक्ष कृष्णप्रसाद दुलालले भने ।
उनले संघिय संरचना अनुसार नाडाको विस्तार गर्ने काम अगाडी बढेको बताउँदै अटो क्षेत्रको विकासका लागि नाडाले विभिन्न तालिम कार्यक्रम समेत गर्ने जानकारी दिएका थिए ।

प्रकाशित : २४ भाद्र २०७६, मंगलवार ०७:४१