सामुहिक लगानी कोष सञ्चालनमा वाणिज्य बैंकको एकाधिकार तोडिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

बैंक / वित्त

सामुहिक लगानी कोष सञ्चालनमा वाणिज्य बैंकको एकाधिकार तोडिने



काठमाडौं । सामुहिक लगानी कोष सञ्चालनमा वाणिज्य बैंकको एकाधिकार तोडिने भएको छ। नेपाल राष्ट्र बैंकले सोमबार एकीकृत निर्देशिका जारी गर्दै विकास बैंक र वित्त कम्पनीलाई पनि सामुहिक लगानी कोष सञ्चालन गर्न दिने भएको हो।

एक अर्ब भन्दा धेरै चुक्ता पूँजी वित्तीय कारोबार गर्ने संगठित संस्थाले स्थापना भएको ५ वर्ष पूरा भएपछि मात्र सामुहिक लगानी कोष सञ्चालन गर्ने व्यवस्था छ। सो अनुसार यसअघि नेपाल राष्ट्र बैंकले वाणिज्य बैंकलाई मात्र सञ्चालन गर्न अनुमति दिएकोमा अबदेखि विकास बैंक र फाइनान्स कम्पनीले पनि सञ्चालन गर्नेछन् । 

पछिल्लो समय वाणिज्य बैंकको ८ अर्ब, विकास बैंकको कार्यक्षेत्र अनुसार ५ करोड देखि २ अर्ब ५० करोडसम्म र फाइनान्स कम्पनीलाई ४० करोडदेखि ८० करोड रुपैयाँसम्म पुयाएका छन् । 

यो पूँजी संरचना अनुसार सबै वाणिज्य बैंक र राष्ट्रियस्तरका विकास बैंकले सामुहिक लगानी कोष सञ्चालन गर्न सक्छन् ।
त्यसो त सामुहिक लगानी कोष योजना सञ्चालन गर्न चाहने बैंक तथा वित्तीय संस्थाले चुक्ता पूँजी एक अर्ब भन्दा बढी पुयाएको खण्डमा पनि पाउने अवस्था छ। 

त्यसैगरी केन्द्रीय बैंकले चेक बाउन्सको सन्दर्भमा पनि थप कडा बनेको छ । केन्द्रीय बैंकले ब्यालेन्स नभएको खाताको चेक काटे र चेकमा हस्ताक्षर नमिले कारबाहीको गर्ने व्यवस्था गरेको छ। यो समाचार आजको कारोबार दैनिकमा प्रकाशित छ । 

प्रकाशित : २५ भाद्र २०७६, बुधबार ०८:३३