५७ करोड रुपैयाँको शेयर निष्कासन हुँदै « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

Feature News

५७ करोड रुपैयाँको शेयर निष्कासन हुँदै



IPOs1काठमाडौँ ।  शेयरमा लगानीकर्ताको आकर्षण बढिरहेको बेला बजारमा झण्डै ५७ करोड रुपैयाँ शेयर निष्कासन हुँदै छ । हाल तीन जलविद्युत् कम्पनी र दुई माइक्रोफाइनान्सले शेयर जारी गर्न अनुमति माग्दै धितोपत्र बोर्डमा आवेदन दिएका छन् । आवेदन दिनेमा हिमालयन पावर पार्टनर लिमिटेड, अरुण कावेली पावर लिमिटेड, दिव्यश्वरी हाइड्रोपावर लिमिटेड, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेड र सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेड छन् ।

हिमालयन पावर पार्टनर लिमिटेडले रू १० करोड ६५ लाख ४१ हजार ७ सयको शेयर निष्कासन गर्ने भएको छ । कम्पनीले सर्वसाधारणका लागि शेयर निष्कासन गर्ने धितोपत्रको वेबसाइटमा उल्लेख छ । कम्पनीले फागुन ४ गते निष्कासन अनुमति दर्ता गरेको छ । यस कम्पनीको विक्री प्रबन्धक ग्लोबल आईएमई क्यापिटल लिमिटेड रहेको छ ।

अरुण कावेली पावर लिमिटेडले पनि सर्वसाधारणका लागि पनि रू १५ करोडको शेयर निष्कासन गर्न लागेको छ। कम्पनीले फागुन ३ गते धितोपत्र बोर्डमा निष्कासन अनुमति मागेको छ ।  दिव्यश्वरी हाइड्रोपावर लिमिटेडले पहिलो चरणमा स्थानीयका लागि रू २६ करोड ४० लाखको शेयर निष्कासन गर्न लागेको छ ।

यस्तै सूर्योदय लघुवित्त वित्तीय संस्था लिमिटेडको पनि सर्वसाधारण रू १२ करोडको शेयर निष्कासन गर्दै छ । त्यसैगरी, नेशनल माइक्रोफाइनान्स वित्तीय संस्था लिमिटेडको रू ३० करोडको शेयर निष्कासन गर्ने भएको छ ।

– See more at: http://www.newssewa.com/content/ipo-aaudai.html#sthash.lcKNUwLj.dpuf

प्रकाशित : १९ फाल्गुन २०७२, बुधबार ११:२४