पैसा ठिक पार्नुस यी कम्पनीले ल्याउदै छन् आईपीओ « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

२०८० चैत महिनामा प्रकाशित

मुख्य समाचार

पैसा ठिक पार्नुस यी कम्पनीले ल्याउदै छन् आईपीओ



काठमाडौं । निकट भविष्यमा दर्जन जलविद्युत् कम्पनीको प्राथमिक सेयर (आईपीओ) बजारमा आउने भएको छ। ती कम्पनीले सेयर निष्कासन अनुमतिका लागि नेपाल धितोपत्र बोर्ड सेबोन) मा अनमति दिइसकेका छन् । बोर्डबाट अनुमति पाएपछि ती सेयर बजारमा आउनेछन् । बोर्डबाट अनुमति पाएको दुई महिनाभित्र सेयर निष्कासन गरिसक्नुपर्ने कानुनी व्यवस्था छ।

हाल विभिन्न क्षेत्रका १२ कम्पनीको प्राथमिक तथा थप निष्कासन (आईपीओ/एफपीओ) बजारमा आउँदै छ । तीमध्ये ८ वटा जलविद्युत् कम्पनी, ३
वटा अन्य र एक मर्चेन्ट बैंकिङ क्षेत्रका कम्पनी छन् । हाल सेयर निष्कासन अनुमति प्रक्रियामा रहेका कम्पनीमध्ये अधिकांशले स्थानीयवासी र बाँकीले सर्वसाधारणका लागि सेयर निष्कासन गर्न लागेको बोर्डले जनाएको छ। बोर्डको तथ्यांकअनुसार विभिन्न क्षेत्रका दर्जन कम्पनीले कुल ४ अर्ब १४ करोड ४८ लाख ५० हजार ६ सय रुपैयाँ बराबरको ४ करोड १४ लाख ४८ हजार ५ सय ६ कित्ता सेयर निष्कासनका लागि बोर्डमा आवेदन दिएका छन्।

सेयर निष्कासनका लागि आवेदन दिएका जलविद्युत् क्षेत्रका कम्पनीमा सिंगटी हाइड्रो इनर्जी. शुभम् पावर, ग्रिनलाइफ हाइड्रोपावर, लिबर्टी इनर्जी कम्पनी, युनाइटेड इदिमर्दी एन्ड आरबी हाइड्रोपावर, मैलुङखोला जलविद्युत्, माउन्टेन इनर्जी नेपाल र शिव श्रीहाइड्रोपावरले बोर्डमा आवेदन दिएका हुन् । यस्तै अन्य क्षेत्रका नेपाल पुनर्बिमा, इमर्जिङ नेपाल र एनआरएन इन्फ्रास्टक्चर लिमिटेडको आवेदन पनि बोर्डमा दर्ता भएको छ।

मर्चेन्ट बैंकिङ क्षेत्रबाट सीआईबीएल क्यापिटलले पनि बोर्डमा आवेदन दिएको छ। हाल सेयर बजारमा ३२ वटा जलविद्युत् कम्पनी सूचीकृत छ। यो वर्ष यस्तो संख्या बढेर ५० हाराहारीमा पुग्ने देखिन्छ । सेयर निष्कासन गरिसके पनि सूचीकृत नभएका, निष्कासन तयारीमा रहेका र निष्कासन अनुमतिका लागि आवेदन दिएका कम्पनी संख्या हेर्दा चालु वर्षभित्रै सेयर बजारमा सूचीकृत कम्पनी तीन दर्जन बढी पुग्ने जानकारहरु बताउँछन् ।यो समाचार आजको कान्तिपुर दैनिकमा प्रकाशित छ ।

प्रकाशित : ३० भाद्र २०७६, सोमबार १०:३३