सबैको लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस सेयर दिने « Devoted for Economic Devlopment, आर्थिक विकासको लागि समर्पित

मुख्य समाचार

सबैको लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस सेयर दिने



काठमाडौं । सबैको लघुवित्त वित्तीय संस्थाले १३ प्रतिशत बोनस सेयर दिने भएको छ । कम्पनीले २ करोड १४ लाख ५० करोड रुपैयाँ बराबरको बोनस वितरण गर्ने भएकाे छ ।

त्यस्तै, ११ लाख २८ हजार ९४७ रुपैयाँ नगद बाँड्नेछ । सञ्चालक समितिको निर्णय अनुमोदनका लागि नेपाल राष्ट्र बैंक र आगामी वार्षिक साधारण सभामा पेश गरिने कम्पनीले जनाएको छ ।

हाल सबैको लघुवित्तको चुक्ता पुँजी १६ करोड ५० लाख रुपैयाँ रहेको छ । बोनस वितरण पश्चात पुँजी १८ करोड ६४ लाख ५० हजार रुपैयाँ पुग्नेछ ।

कम्पनीको आइतबार बसेको सञ्चालक समिति बैठकले उक्त बोनस सेयर दिने निर्णय गरेको हो । यसैगरी, बोनसमा लाग्ने कर तिर्न ०.६८% नगद लाभांश पनि दिने जानकारी दिएको छ ।

प्रकाशित : ३० भाद्र २०७६, सोमबार ११:४०